‘एक भगवत् र एक गीता’ तथा ‘नांगाे गाउँ’ प्रदर्शनमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २९, २०८०
|
|
५९ पटक हेरिएको
Shares
‘एक भगवत् र एक गीता’ तथा ‘नांगाे गाउँ’ प्रदर्शनमा

सारांश

  • काठमाडौं।
  • आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भगवत् र एक गीता तथा ‘नांगाे गाउँ’ प्रदर्शनमा आएका छन्।
  • आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन्।

काठमाडौं। आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भगवत् र एक गीता तथा ‘नांगाे गाउँ’ प्रदर्शनमा आएका छन्। आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन्। सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन्।

नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले चलचित्र ‘एक भगवत् र एक गीता (सामाजिक प्रेमकथा)’मा ‘कमलामाई’को भूमिकामार्फत यौनिक लैंगिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन्।

“एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ। अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्”, उनले भने, “मैले आफ्नो पात्रमार्फत उक्त समुदायको दबिएका कथालाई पर्दामार्फत व्यक्त गर्ने अवसर पाएको छु।”

चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गरेका छन्।

सुनिलकुमार थापाले निर्माण गर्नुभएको उक्त चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुंगलले पटकथा, राजेश श्रेष्ठले छायाकंन, मित्र डी गुरुङले सम्पादन तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।

आजैदेखि राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेकाे चलचित्र ‘नांगाे गाउँ’मा समाजलाई परिवर्तन गर्न राजनीतिको आवश्यकता र गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ।

“हामीले नेतामात्र नभई छान्ने जनतालाई पनि प्रश्न गर्ने बेला भएको छ, त्यसको सुरुआत यस चलचित्रमा गरिएको छ”, निर्देशक लामाले भने, “यसमा सामाजिक र राजनीतिक परिवेशलाई उजागर गरिएको छ, हाम्रो समाजको राजनीतिक चेत, राजनीतिक प्रभाव र समाजभित्र हामी कस्तो अवस्थामा बसेका छौँ भन्ने यसमा देखाइएको छ।”

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन्। यसको कथा स्वयं निर्देशक लामाले लेखेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्तारुढ दलकै सांसदद्वारा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग
सत्तारुढ दलकै सांसदद्वारा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग
संकटमा देश ! सत्तामा हुँदा कसैले देख्दैनन्, प्रतिपक्षीमा पुगेपछि औधी चिन्ता
संकटमा देश ! सत्तामा हुँदा कसैले देख्दैनन्, प्रतिपक्षीमा पुगेपछि औधी चिन्ता
दुर्घटनामा एकै परिवारका पाँचसहित छको मृत्यु
दुर्घटनामा एकै परिवारका पाँचसहित छको मृत्यु
शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
ओली(दाहालबीचको भेटवार्ता सम्पन्न
ओली(दाहालबीचको भेटवार्ता सम्पन्न
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र (पूर्ण पत्रसहित)
रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र (पूर्ण पत्रसहित)
पोखरामा गगन थापालाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा
पोखरामा गगन थापालाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा
धनकुटाका ६७ मतदान केन्द्र अपांगतामैत्री
धनकुटाका ६७ मतदान केन्द्र अपांगतामैत्री
नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)
नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?