रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र (पूर्ण पत्रसहित)

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २७, २०७५
|
|
४८ पटक हेरिएको
Shares
रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र (पूर्ण पत्रसहित)

सारांश

  • स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो विश्वको चौथो महंगो खेलाडी बन्दै मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए।
  • १ सय १२ मिलियन यूरोमा रोनाल्डो चारवर्षका लागि यूभेन्ट्स पुगेसँगै उनको रियल मड्रिडको ९ वर्षे करिअर अन्त्य भएको छ।
  • २००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४ सय ५१ गोल गर्दै कीर्तिमान राखे।

स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो विश्वको चौथो महंगो खेलाडी बन्दै मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए।

१ सय १२ मिलियन यूरोमा रोनाल्डो चारवर्षका लागि यूभेन्ट्स पुगेसँगै उनको रियल मड्रिडको ९ वर्षे करिअर अन्त्य भएको छ।

२००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४ सय ५१ गोल गर्दै कीर्तिमान राखे।

पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका उनले रियल छाड्ने निश्चित भएपछि आफूले बिताएका वर्षहरुको सम्झना गर्दै पत्र लेखेका छन्:

रियल मड्रिड क्लब र मड्रिड शहरसँग बिताएका यी वर्षहरु मेरा जीवन कै सबैभन्दा खुशीका क्षणहरु थिए। यस क्लब र यस शहरप्रति ममा सधै कृतज्ञताको भावमात्रै रह्यो। मलाई मायाँ र सद्भाव देखाउने सम्पूर्णप्रति आभारी छु।

मलाई लाग्यो कि, यो मेरो जीवनको नयाँ चरणमा प्रवेश गर्ने समय हो र मैले क्लबलाई मेरो सरुवाको अनुरोध ग्रहण गरिदिन भनेको थिएँ। हाम्रा समर्थकसँग मलाई बुझिदिन अनुरोध गर्दछु।

यहाँ बिताएका यी ९ वर्ष उत्साहपूर्ण रहे। तिनीहरु रोकिएर हैन, लगातारका बिताएका ९ वर्ष थिए। यी वर्षहरु मेरा लागि उत्साहजनक रहे र उत्तिकै गार्‍हो पनि।

किनकी, रियल मड्रिडमा रहन कडा मेहनत गर्नुपर्थ्यो। तर, यस क्लबमा रहँदा मैले अद्धितीय हिसाबले फुटबलमा रमाएको कुरा म कहिलै बिर्सने छैन।

मैदानमा अनि ड्रेसिङ रुममा म सधैँ उत्कृष्ट सहकर्मीहरुले घेरिएको हुन्थेँ। हामीले पाँच वर्षमा चार पटक अनि लगातार तीनपटक च्याम्पियन्स लिग जित्दा समर्थकहरुको न्यानो र अविश्वसनीय मायाँ पायौँ।रियल मड्रिडमा रोनाल्डोको प्रदर्शनव्यक्तिगत रुपमा पनि यस उत्कृष्ट र असाधारण क्लबमा रहँदा मैले ४ गोल्डेन बल र ३ गोल्डेन बुट जितेँ। यो उपलब्धिप्रति म निकै सन्तुष्ट छु।

रियल मड्रिडले मसँगै मेरो परिवारको पनि हृदय जित्यो। त्यसैकारण पनि म क्लब, क्लबका अध्यक्ष, निर्देशकहरु, सहकर्मी, प्राबिधिकहरु, चिकित्सकहरु र कामदारहरुलाई धन्यवाद भन्न चाहान्छु।

पुनः हाम्रा समर्थक र स्पेनिस फुटबललाई धन्यवाद दोहोर्‍याउन चाहान्छु। यी ९ वर्षमा मेरा अगाडि उत्कृष्ट खेलाडीहरु पनि रहनुभयो। उहाँहरुप्रति मेरो सदा आभार रहनेछु।

म धेरैपटक क्लबको प्रतिबिम्बका रुपमा पनि चिनिएँ। तर, अब क्लबका लागि नयाँ चरण आइसक्यो। म जादैँछु, तर, मेरो जर्सी, ती ट्रफी र सेन्टियागो बेर्नाबेउलाई म जहाँ भएपनि सधैँ आफ्नो महसुस गरिरहनेछु।

सबैलाई धन्यवाद! अनि, ९ वर्ष अघि यहाँ आउँदा स्टेडियममा मैले भनेको शब्द दोहोर्‍याउन चाहन्छु:

हाला मड्रिड!

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौ उपत्यकामा नयाँ शहरको डिपिआर तयार, कहाँ कहाँ बन्दैछन् स्मार्ट सिटी
काठमाडौ उपत्यकामा नयाँ शहरको डिपिआर तयार, कहाँ कहाँ बन्दैछन् स्मार्ट सिटी
अपमानका कारण ओजिलको सन्यास
अपमानका कारण ओजिलको सन्यास
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले
लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले
लुटेराको गोलीबाट एक घाइते
लुटेराको गोलीबाट एक घाइते
पूर्वसांसद गुरुङको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त
पूर्वसांसद गुरुङको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त
पर्यटन प्रवद्र्धनका लागि क्यानोनिङ महोत्सव
पर्यटन प्रवद्र्धनका लागि क्यानोनिङ महोत्सव
नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री
नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री
सिन्धुपाल्चोमा पुनः दोस्रो भुकम्पको धक्का महशुस
सिन्धुपाल्चोमा पुनः दोस्रो भुकम्पको धक्का महशुस
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा

तपाईंले छुटाउनुभयो कि?