एमसीसीबारे सरकारले तत्काल पत्र लेख्नुपर्छ : नारायणकाजी श्रेष्ठ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ३०, २०७९
|
|
४० पटक हेरिएको
Shares
एमसीसीबारे सरकारले तत्काल पत्र लेख्नुपर्छ : नारायणकाजी श्रेष्ठ

सारांश

  • माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसीबारे अमेरिकालाई तत्काल पत्र लेख्नुपर्ने बताएका छन् ।
  • बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै एमसीसी १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेपनि अमेरिकाले अहिलेसम्म व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगरेको भन्दै सरकारले तत्काल पत्र लेख्नुपर्ने बताएका हुन् ।
  • ‘अमेरिकाले एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगरेको खण्डमा एमसीसी स्वतः खारेज हुने व्याख्या संसदमै गरिएको थियो’, श्रेष्ठले भने, ‘तर अहिलेसम्म अमेरिकाले त्यसबारे केही प्रतिक्रिया दिएको छैन ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसीबारे अमेरिकालाई तत्काल पत्र लेख्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै एमसीसी १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेपनि अमेरिकाले अहिलेसम्म व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगरेको भन्दै सरकारले तत्काल पत्र लेख्नुपर्ने बताएका हुन् ।

‘अमेरिकाले एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगरेको खण्डमा एमसीसी स्वतः खारेज हुने व्याख्या संसदमै गरिएको थियो’, श्रेष्ठले भने, ‘तर अहिलेसम्म अमेरिकाले त्यसबारे केही प्रतिक्रिया दिएको छैन ।’ नेता श्रेष्ठले अमेरिकाले उक्त व्याख्यात्मक घोषणा नस्वीकारे जटिल समस्या आउनसक्ने बताए । ‘तत्काल एमसीसीको अनुमोदन गर्दा गरेको धारणाका लागि पत्र लेख्न पहल कदमी गर्न सरकारलाई अनुरोध गर्दछु’, उनले भने, ‘अन्यथा जटिल समस्या आउनसक्छ वा एमसीसीलाई नयाँ ढंगले सोच्नुपर्ने हुनसक्छ ।’

साथै उनले एसपीपीका बारेमा पनि सत्यतथ्य बाहिर आउनुपर्ने बताए । ‘२०१५ मा केपी ओली नेतृत्वको सरकारले पत्र लेखेको भनेर आयो, तर उहाँले होइन भन्नुभयो । तर तत्कालीन रक्षा सचिवले उहाँलाई सोधेर लेखेको हो भन्नुभएको छ । त्यसबारेमा ठोस रुपमा स्पष्टिकरण नआउनुले गम्भीर आशंका पैदा हुन्छ’, श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित
प्रदेशका समानुपातिक सांसद आजदेखि पक्का
प्रदेशका समानुपातिक सांसद आजदेखि पक्का
मधुमेहको निशूल्क रगत परिक्षण शिविर सम्पन्न
मधुमेहको निशूल्क रगत परिक्षण शिविर सम्पन्न
जातीय द्वन्द्वको खेती गर्नेलाई बेलैमा चिनौं : प्रधानमन्त्री
जातीय द्वन्द्वको खेती गर्नेलाई बेलैमा चिनौं : प्रधानमन्त्री
रोशन पुरीको निर्देशनमा ‘लैजाऔ लैजाऔ’ गीतको भिडियो
रोशन पुरीको निर्देशनमा ‘लैजाऔ लैजाऔ’ गीतको भिडियो
लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल
लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल
दाङको तलसीपुर नगरपालिकामा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप १२ जना घाइते !
दाङको तलसीपुर नगरपालिकामा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप १२ जना घाइते !
नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू
नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू
भारतमा ९३ वर्षीय दम्पत्ती कोरोना संक्रमणबाट मुक्त
भारतमा ९३ वर्षीय दम्पत्ती कोरोना संक्रमणबाट मुक्त

तपाईंले छुटाउनुभयो कि?