एमालेका यी सक्रिय नेता, जसले कतै पनि अवसर पाएनन्
सारांश
- काठमाडौं, माघ १० ।
- नेकपा एमालेका केही सक्रिय तथा प्रभावशाली नेताहरु राष्ट्रियसभाको उम्मेदवार बन्न असफल भएका छन् ।
- शक्तिशाली मानिने पोलिटब्यूरो सदस्य र स्थायी समितिका सदस्यहरु नै उम्मेदवार बन्न नपाएका हुन् ।
काठमाडौं, माघ १० । नेकपा एमालेका केही सक्रिय तथा प्रभावशाली नेताहरु राष्ट्रियसभाको उम्मेदवार बन्न असफल भएका छन् ।
शक्तिशाली मानिने पोलिटब्यूरो सदस्य र स्थायी समितिका सदस्यहरु नै उम्मेदवार बन्न नपाएका हुन् । जसले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा पनि टिकट पाएका थिएनन् ।
प्रदेश सभा र प्रतिनिधिसभाको चुनावमा पनि टिकट नपाएका नेताहरुलाई राष्ट्रियसभामा ल्याउने अपेक्षा गरिए पनि समावेश हुन सकेनन् ।
अग्नी खरेल, भरतमोहन अधिकारी, महेन्द्रबहादुर पाण्डे, केशव बडाल, प्रदिप नेपाल, ठाकुर गैरे, युवराज कार्की, पुष्प कँडेल, सोमनाथ प्यासी, विष्णु रिमाल लगायतका सक्रिय नेताहरुले नै अवसर नपाएपछि अलोचना भइरहेको छ ।
त्यसैगरी युवराज ज्ञवाली, अमृतकुमार बोहोरा र केशव बडालले पनि राष्ट्रियसभाको चुनावमा टिकट पाएनन ।
प्रतिक्रिया