एमालेका शेरधन राई १३ हजार मतअन्तरले विजयी ?

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
५४ पटक हेरिएको
Shares
एमालेका शेरधन राई १३ हजार मतअन्तरले विजयी  ?

सारांश

  • भोजपुर, मंसिर २३ – भोजपुरको प्रदेशसभा ख मा एमालेका शेरधन राई विजयी हुनुभएको छ ।
  • वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उहाँले २० हजार ३ सय ३४ मत प्राप्त गर्नुभएको छ ।
  • उहाँका निकटतम प्रतिद्वन्दि काँग्रेसका गोविन्दकुमार कार्कीले ७ हजार १ सय ५ मत प्राप्त गर्नुभयो ।

भोजपुर, मंसिर २३ – भोजपुरको प्रदेशसभा ख मा एमालेका शेरधन राई विजयी हुनुभएको छ । वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उहाँले २० हजार ३ सय ३४ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दि काँग्रेसका गोविन्दकुमार कार्कीले ७ हजार १ सय ५ मत प्राप्त गर्नुभयो । उहाँहरुबिचको मतान्तर १३ हजार २ सय २९ हो । शेरधन यसअघि २ पटक भोजपुरबाट विजयी हुनुभएको थियो । जिल्ला निर्वाचन कार्यालयले यसको आधिकारिक घोषणा भने गर्न बाँकी छ । उहाँलाई प्रदेश नम्बर १ को मुख्यमन्त्रीको दाबेदारका रुपमा पनि हेरिएको छ ।

को हुन् शेरधन राई ?

२०३१ सालमा भोजपुरको थिदिंखामा जन्मिएका राईले समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । यसअघि २ पटक भोजपुर २ बाट सांसद निर्वाचित भइसकेका राई यसपटक प्रदेश सभाको उम्मेदवार बन्नुभएको हो । २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई अहिले एमालेको १ नम्बर प्रदेश सहसंयोजक हुनुहुन्छ ।

२०४४ सालदेखि अनेरास्ववियूमार्फत क्रियाशिल भएर भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य बनेका राई २०५०–२०५४ सम्म अनेरास्ववियूको पूर्वाञ्चल प्रमुख बन्नुभयो ।

उहाँ नेकपा एमाले भोजपुरको प्रमुख पदमा ४ कार्यकाल निर्विरोध निर्वाचित हुनुभयो । उहाँले २०४४ देखि २०४६ चैत २६ गतेसम्म भूमिगत जीवन पनि बिताउनुभएको थियो । अविवाहित राई अहिले काठमाडौंमा बस्नुहुन्छ । उहाँ केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री बन्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जमा दुर्घटनाग्रस्त
नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जमा दुर्घटनाग्रस्त
नेकपामा पोलिटव्यूरो गठनले सकस, कहिले होला समाधान ?
नेकपामा पोलिटव्यूरो गठनले सकस, कहिले होला समाधान ?
राउतसंग सरकारले गरेको सम्झौता माअोवादीसंगको शान्ति सम्झौता पछिको दोस्रो उपलब्धि -पुर्बमन्त्रि बस्नेत
राउतसंग सरकारले गरेको सम्झौता माअोवादीसंगको शान्ति सम्झौता पछिको दोस्रो उपलब्धि -पुर्बमन्त्रि बस्नेत
आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड
आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड
प्रदर्शनमा घाइते भएकाहरुलाई भेट्न रवि लामिछाने अस्पतालमा
प्रदर्शनमा घाइते भएकाहरुलाई भेट्न रवि लामिछाने अस्पतालमा
मिडियामाथि निशा अधिकारीको आक्रोश, २४ घन्टाभित्र समाचार हटाउन धम्की
मिडियामाथि निशा अधिकारीको आक्रोश, २४ घन्टाभित्र समाचार हटाउन धम्की
शेखर कोइरालाको नोयडामा घर छ  – उमेश गिरी
शेखर कोइरालाको नोयडामा घर छ – उमेश गिरी
सरकार र सिके राउतबीच भएको सहमतिपछि राजनीतिमा नयाँ तरंग
सरकार र सिके राउतबीच भएको सहमतिपछि राजनीतिमा नयाँ तरंग
प्रधानमन्त्री ओलीले लिए सपथ, लालबाबु र थममाया मन्त्री नियुक्त
प्रधानमन्त्री ओलीले लिए सपथ, लालबाबु र थममाया मन्त्री नियुक्त
नेकपा सचिवालय बैठक शुरु..
नेकपा सचिवालय बैठक शुरु..

तपाईंले छुटाउनुभयो कि?