एमालेबाटै राष्ट्रपति बन्छ : अध्यक्ष ओली

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ७, २०७९
|
|
४९ पटक हेरिएको
Shares
एमालेबाटै राष्ट्रपति बन्छ : अध्यक्ष ओली

सारांश

  • विराटनगर ।
  • नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् ।
  • विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे ।

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे । एमालेले राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने दिनमा नै नाम सार्वजनिक गर्ने उल्लेख गर्दै उनले भने, “अहिलेको गठबन्धन सोचेर र सम्झेर बनाएकाले रहिरहन्छ ।”

अध्यक्ष ओलीले गणतन्त्र आएको धेरै समय नभएकाले अहिले नै आत्तिनुपर्ने स्थिति नरहेको स्पष्ट पार्दै भने, “हाम्रो देश समृद्ध र सुखी बन्छ ।”

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको भन्ने अभिव्यक्तिप्रति अध्यक्ष ओलीले भने, “पूर्वराजा शाह अलमलमा पर्नुभएको छ ।”

एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन नेकपा (माओवादी केन्द्र) को पनि साथ र समर्थन रहने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
मौसमविदको अनुमानभन्दा उल्टो मनसुनी वर्षा
मौसमविदको अनुमानभन्दा उल्टो मनसुनी वर्षा
इन्द्रदहमा भव्य मेला, बिहानैदेखि दर्शनार्थीको घुइँचो
इन्द्रदहमा भव्य मेला, बिहानैदेखि दर्शनार्थीको घुइँचो
भ्रष्टाचारको दलदलमा विश्वका नेता
भ्रष्टाचारको दलदलमा विश्वका नेता
जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने
जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने
आज सुनचाँदीको मूल्य स्थिर
आज सुनचाँदीको मूल्य स्थिर
इजिप्सियनलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल
इजिप्सियनलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल
सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध
सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी
आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी

तपाईंले छुटाउनुभयो कि?