मादक पदार्थ सेवन गरी गाडी चलाएका ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
३७ पटक हेरिएको
Shares
मादक पदार्थ सेवन गरी गाडी चलाएका ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ

सारांश

  • काठमाडौँ ।
  • मादक पदार्थ सेवन गरेर प्रहरीसँग झगडा गरेको आरोपमा ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ परेका छन् ।
  • महराजगञ्ज प्रहरीले लामालाई सोमबार राति पक्राउ गरेको हो ।

काठमाडौँ । मादक पदार्थ सेवन गरेर प्रहरीसँग झगडा गरेको आरोपमा ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ परेका छन् । महराजगञ्ज प्रहरीले लामालाई सोमबार राति पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेर सवारी चलाएका लामालाई सांग्रीला होटल अगाडि प्रहरीले रोकेर जाँच गर्ने क्रममा उनले प्रहरीसँग झगडा गरेका थिए ।

सुरुमा प्रहरीलाई पक्राउ परेका व्यक्ति लामा भएको थाहा थिएन । पक्राउ परेपछि मात्र प्रहरीले उनी गुण्डा नाइके लामा रहेको थाहा पाएको थियो । लामालाई हाल महानगरीय प्रहरी प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

अर्का गुण्डानाइके दावा लामाका सहयोगीका रुपमा चिनिएका लामा यसअघि पनि ठगी लगायत विभिन्न मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?