पोखरा महानगरमा अझै कायम छ कटुवाल प्रथा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
५४ पटक हेरिएको
Shares
पोखरा महानगरमा अझै कायम छ कटुवाल प्रथा

सारांश

  • काठमाडौं ।
  • विगतमा नेपालमा आमसञ्चारका लागि कटुवाल प्रथा निकै उत्तम माध्यम थियो ।
  • कटुवालले दिएको सूचनाका आधारमा गाउँले भेला हुने र सो आवाजअनुसार उनीहरुले अन्य धेरै काम गर्दथे ।

काठमाडौं । विगतमा नेपालमा आमसञ्चारका लागि कटुवाल प्रथा निकै उत्तम माध्यम थियो । कटुवालले दिएको सूचनाका आधारमा गाउँले भेला हुने र सो आवाजअनुसार उनीहरुले अन्य धेरै काम गर्दथे । अहिले सेटेलाइट र इन्टरनेटको प्रयोगका कारण आमसञ्चार क्षेत्रमा पनि निकै परिवर्तन आइसकेको र नेपाली परम्परागत रैथाने सञ्चार प्रणाली धेरै गाउँबाट बिस्तारै हराउन थालेको छ ।

लोप हुने अवस्थामा रहेको कटुवाल प्रथा भने पोखरा महानगरपालिका–१६ अर्मलाकोट गाउँमा अझै कायमै छ । यहाँका डिलप्रसाद जैसीले यो काम गरिरहेका छन् । छयत्तर वर्षका उनको स्वरमा ठिटोको जस्तो दम छ । कटुवाल जैसीको आवाजले अर्मलाकोटका ७० घर परिवारको कान ठाडो ठाडो हुन्छ । उनको आवाज गुन्जिएपछि गाउँलेहरुले गाउँमा के नयाँ काम हुन थाल्यो भनेर कान थापेर सुन्छन् ।

गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको कार्यक्रममा सूचना पु¥याउने काम जैसी नै गर्छन् । उनको कामलाई अर्मलाकोटमा ‘घोक हाल्ने’ भनेर बुझिन्छ । पछिल्लो समयमा त्यस गाउँको होमस्टेमा पाहुना जाँदा जैसीको दिन गाउँका अधिकांश डाँडाकाँडा दगुर्दैमा बित्छ । “गाउँ अलि धेरै क्षेत्रमा फैलिएकाले एक ठाँउबाट मात्र घोक फिराउँदा नसुनिएला कि भनेर तीन ठाउँमा गएर घोक हाल्छु”, उनि भन्छन्, “गाउँमा हुने भेला, सार्वजनिक कार्यक्रम, बैठक, असिना पर्दा, विवाह हुँदा, मानिसको मृत्यु हुँदा घोक हाल्ने हो ।”

यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । सञ्चारका सबै सुविधा भए पनि चलिआएको परम्परा कायमै रहँदा जैसीलाई भ्याइनभ्याइ भएको हो । गाउँलेले कटुवालको कामका लागि छनोट गरेकाले उनले विगत पाँच वर्षदेखि यो काम थालेको हो । “मभन्दा पहिला शेरबहादुर परियारले यो काम गथ्र्यो”, कटुवाल भन्छन्, “उसले के बेइमान गरेछ अनि मैले नै गर्न थालेको हुँ । शेरबहादुरभन्दा पहिला पनि मैले नै गर्थें ।”

अर्मलाकोटमा रेडियो, टिभी अनि मोबाइल भए पनि कटुवालले घोक हालेपछि आफूहरुलाई विश्वास लाग्ने स्थानीय देउसरी गुरुङ बताउछन् । “गाउँमा बैठक भयो भने फोन त आउँछ तर कटुवालले सुनाएपछि बल्ल ढुक्क हुन्छु,” उनि भन्छन् ।

गाउँमा पाहुना आएपछि सबैलाई फोन गरिराख्नुभन्दा कटुवाल घोकाउँदा सजिलो हुने अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङको भनाइ छ । सूचना र प्रविधिको युगमा धेरै स्रोत साधन भए पनि परम्परादेखि चल्दै आएको चलनलाई जोगाएर राख्नुपर्ने उनको तर्क छ ।

जैसीभन्दा अगाडि शेरबहादुर परियार, सिंहबहादुर परियार, काजीमान नेपाली र कृष्णबहादुर परियारले कटुवालको काम गरिसकेको कटुवाल जैसी जानकारी दिन्छन् । “गाउँमै कटुवालको काम गर्न पाउँदा उनलाई पनि खुसी लागेको छ । नजिकका अरू गाउँमा कटुवाल प्रथा छैन । यो प्रथालाई जोगाएर राख्नुपर्छ भनेर लागेको छु”, जैसी भन्छन्, “तर परिश्रमिकमा भने आफ्नो चित्त बुझेको छैन ।’’

कटुवाल घोकेबापत जैसीले प्रत्येक घरबाट दिने दुई पाथी कोदो बाली उठाउछन् । सत्तरी घरबाट कोदो उठाउँदा करिब सात मुरी कोदो जम्मा हुन्छ । दुई छोराहरु बजार झरे पनि आफू र श्रीमती पालिन यसले नपुग्ने गरेको उनको गुनासो छ । जैसी भन्छन्, “सात मुरी कोदोले पुग्न त पुग्छ नि तर कोदो मात्र खाएर भएन तरकारी कताबाट ल्याउने ?”, कटुवाललाई प्रथाको रुपमा नराखेर अब पेसा बनाउनुपर्नेमा उनको जोड छ । वडाबाट केही सहयोग भयो भने यो पेसा पनि जोगिने र आफूलाई पनि जीविकोपार्जनमा सहयोग पुग्ने जैसीको भनाइ छ ।

पोखरा महानगरभित्र रहेको कटुवाल प्रथा जोगाउने पक्षमा गाउँवासी रहे पनि वडा कार्यालयबाट अहिलेसम्म कुनै योजना नबनाइएको पोखरा–१६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिना बताउछन् । “यो एउटा संरक्षण गर्नुपर्ने प्रथा हो, दूरदराजका ठाउँमा टेलिफोनको सबै सुविधा पनि सबैसँग छैन्”, वडाध्यक्ष तिमिल्सिना भन्छन्, “हिजोको प्रथा जोगाउने कि परिमार्जन गर्ने भन्ने सवाल उठेको छ ।”

कटुवालजस्तै अन्य प्रथा पनि महानगरभित्र रहेकाले ती प्रथा खोजी गर्दै महानगर कार्यालय नै संरक्षणमा लाग्नुपर्ने उनको भनाइ छ । “धेरै ठाउँमा यस्तो प्रथा देख्नै पाइँदैन । यसलाई जीवन्त राख्न सकियो भने हाम्रो परम्परा धानिन्छ”, वडाध्यक्ष तिमिल्सिना भन्छन्, “अहिलेको पुस्ताले त धानिरहेको छ । अब आउने पुस्ताले यो काम गर्छ कि गर्दैन भन्ने चुनौती पनि छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
स्कुल नआएको भन्दै शिक्षकले विद्यार्थीलाई निर्मम कुटपिट
स्कुल नआएको भन्दै शिक्षकले विद्यार्थीलाई निर्मम कुटपिट
इरानमा ‘गोही’ लाई फाँसी
इरानमा ‘गोही’ लाई फाँसी
राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट
चलचित्र बिन्दास लाईफको गीत युटुब मार्फत रिलिज  !
चलचित्र बिन्दास लाईफको गीत युटुब मार्फत रिलिज !
दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए राजीनामा
दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए राजीनामा
सन्दिपको टिमका कप्तान गौतमले किन दिए राजीनामा ?
सन्दिपको टिमका कप्तान गौतमले किन दिए राजीनामा ?
कांग्रेस र राजपाबीच विवाद चर्कदा बलरामा मतगणना रोकियो !
काँकडभिट्टा–लौकही सडक विस्तार: पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति, १६.५  किलोमिटर कालोपत्रे सम्पन्न
काँकडभिट्टा–लौकही सडक विस्तार: पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति, १६.५ किलोमिटर कालोपत्रे सम्पन्न
रास्वपा कार्याकर्ता र प्रहरीबीच भएको झडपमा आठजना घाइते
रास्वपा कार्याकर्ता र प्रहरीबीच भएको झडपमा आठजना घाइते

तपाईंले छुटाउनुभयो कि?