ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १, २०८०
|
|
३८ पटक हेरिएको
Shares
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा

सारांश

  • काठमाडौँ ।
  • ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा राखिएको छ ।
  • जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात कीर्ते लगायतको कसुरमा थुनामा रहेका राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा राखिएको छ ।

जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात कीर्ते लगायतको कसुरमा थुनामा रहेका राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

आज सोमबारको सुनुवाइ नसकिएपछि मंगलबारका लागि उक्त रिटहरुलाई हेर्दाहेर्दैमा राखिएको स्रोतले जानकारी दिएको छ ।

सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरुलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।

सोमबारका लागि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएकामा सुनुवाइ नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । अब मंगलबार बिहानैबाट ती रिटमाथि सुनुवाइ हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपोखरी पूर्णखोप वडा घोषणा
भरतपोखरी पूर्णखोप वडा घोषणा
राष्ट्रपति हमिदसँग अध्यक्ष दाहालको भेट
राष्ट्रपति हमिदसँग अध्यक्ष दाहालको भेट
तेह्रथुममा राजनीतिक दलले पनि चलाए मतदाता शिक्षा
तेह्रथुममा राजनीतिक दलले पनि चलाए मतदाता शिक्षा
वाईड बडीमा भ्रष्टाचार भएको निश्कर्ष, दोषीमाथि हदैसम्मको कारबाही गर्न लेखा समितिको सिफारिस
वाईड बडीमा भ्रष्टाचार भएको निश्कर्ष, दोषीमाथि हदैसम्मको कारबाही गर्न लेखा समितिको सिफारिस
सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारीः सभापति देउवा
सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारीः सभापति देउवा
मृत्युपछि डायलासिसको पालो
मृत्युपछि डायलासिसको पालो
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण
रातो पासपोर्ट फिर्ता गर्न अटेर गर्दै पुर्वसांसदहरू
रातो पासपोर्ट फिर्ता गर्न अटेर गर्दै पुर्वसांसदहरू
किन बोलाए राजपाका शीर्ष नेतालाई प्रधानमन्त्रीले सिंहदरबार ?
किन बोलाए राजपाका शीर्ष नेतालाई प्रधानमन्त्रीले सिंहदरबार ?