पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो
सारांश
- काठमाडौं।
- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।
- निगमको बिहिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो।
काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।
निगमको बिहिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो। घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ।
निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ।
नयाँ मुल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया