बिप्लब नेतृत्वको अर्काे शीर्ष नेता पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
बिप्लब नेतृत्वको अर्काे शीर्ष नेता पक्राउ

सारांश

  • काठमाडाै, १२ भदाै ।
  • नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको अर्काे शीर्ष नेतालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
  •  चर्चित माओवादी नेतृ उमा भुजेल (शिलु) लाई प्रहरीले मंगलबार काठमाडौँबाट पक्राउ गरेको हो।

काठमाडाै, १२ भदाै । नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको अर्काे शीर्ष नेतालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। चर्चित माओवादी नेतृ उमा भुजेल (शिलु) लाई प्रहरीले मंगलबार काठमाडौँबाट पक्राउ गरेको हो। उनलाई कहाँबाट पक्राउ गरिएको भन्ने कुरा गोप्य राखिएपनि उनी पक्राउ परेको उनको पारिवारिक स्रोतले दावी गरेको छ। 

१० बर्षे माओवादी जनयुद्धकी चर्चित नेतृ भुजेलको नेतृत्वमा ५ जना माओवादी कार्यकर्ताहरुले जनयुद्धकालमा गोर्खा जेल ब्रेक गरेका थिए। पहिलो संविधान सभा सदस्य र त्यसअघिको अन्तरिम संसदमा सदस्य रहेकी भुजेल बिप्लब नेतृत्वको नेकपाकी शीर्ष नेतामा पर्छिन्।

गोर्खा जेल ब्रेक गरेर निस्केकी नेतृ भुजेल त्यसपछि माओवादीको सैन्य फाँटमा सक्रिय रहिन् र जनसेनाको ब्रिगेड कमाण्डर र कमिसार भइन्। माओवादी विभाजित भएपनि सुरुमा मोहन बैद्य नेतृत्वका माओवादीमा समाहित भएकी उनी त्यो पार्टीपनि विभाजित भएपछि चन्द नेतृत्वको माओवादीमा सक्रिय रहिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?