कोन्वे र रविन्द्रको उत्कृष्ट ब्याटिङमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन १९, २०८०
|
|
३१ पटक हेरिएको
Shares
कोन्वे र रविन्द्रको उत्कृष्ट ब्याटिङमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो

सारांश

  • काठमाडौं ।
  • भारतमा आज देखि सुरु भएको एकदिवसीय विश्वकप क्रिकेटमा साविक उपविजेता न्यूजिल्याण्डले विजयी सुरुवात गरेको छ ।
  • अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले हराउँदै जितसहित सुरुवात गरेको छ ।

काठमाडौं । भारतमा आज देखि सुरु भएको एकदिवसीय विश्वकप क्रिकेटमा साविक उपविजेता न्यूजिल्याण्डले विजयी सुरुवात गरेको छ । अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले हराउँदै जितसहित सुरुवात गरेको छ ।

इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य न्यूजिल्याण्डले ३६.२ ओभरमा मात्र एक विकेट गुमाएर पुरा गर्‍यो । न्यूजिल्याण्डको जितमा ओपनर डेभोन कोन्वे र रचिन रविन्द्रले सतकीय पारी खेले । उनीहरुले न्यूजिल्याण्डका लागि २७३ रनको कीर्तिमानी साझेदारी गरे । कोन्वेले १२१ बलमा १९ चौका र ३ छक्काको मद्दतमा १५२ रन बनाए । यस्तै रविन्द्रले ९६ बलमा ११ चौका र ५ छक्काको मद्दतमा १२३ रन बनाए । इंग्ल्याण्डका शाम करनले १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो । इंग्ल्याण्डका लागि जो रुटले अर्धसतकीय पारी खेले । उनले ८६ बलमा ४ चौका र एक छक्काको मद्दतमा ७७ रन बनाए । कप्तान जोश बटलरले ४३ रन बनाउँदा ओपनर जोनी बेअरस्टोले ३३ रन बनाए ।

न्यूजिल्याण्डका म्याट हेनरीले ३ विकेट लिए । यस्तै मिचेल शेन्टनर र ग्लेन फिलिप्सले समान २/२ विकेट लिए । ईंग्ल्याण्डले २०१९ को विश्वकपमा न्यूजिल्याण्डलाई हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?