एमाले अध्यक्ष ओलीबाट झापा–५ मा मनोनयन दर्ता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
६७ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओलीबाट झापा–५ मा मनोनयन दर्ता

सारांश

  • पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वाम गठबन्धनको तर्फबाट आज झापा क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ ।
  • सदरमुकाम चन्द्रगढीस्थित जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएको झापा क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन पत्र दर्ता गराउनुभएको हो ।
  • एमाले अध्यक्ष ओली २०४८, २०५१, २०५६ र २०७० सालमा भएको निर्वाचनमा झापाको सोही क्षेत्रबाट संसद् सदस्यमा निर्वाचित हुनुभएको थियो ।

पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वाम गठबन्धनको तर्फबाट आज झापा क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

सदरमुकाम चन्द्रगढीस्थित जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएको झापा क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन पत्र दर्ता गराउनुभएको हो ।

एमाले अध्यक्ष ओली २०४८, २०५१, २०५६ र २०७० सालमा भएको निर्वाचनमा झापाको सोही क्षेत्रबाट संसद् सदस्यमा निर्वाचित हुनुभएको थियो ।

वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा नेता ओलीको मनोनयन पत्रमा लोकबहादुर अधिकारी प्रस्तावक र नेत्रप्रसाद दाहाल समर्थक रहनुभएको छ ।

नेता ओलीको मनोनयन दर्ताका लागि एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताको ठूलो पङ्क्ति निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।

अपराह्न २ः२० बजे उहाँ गृहनगर दमकबाट गाडी चढेर उम्मेदवारी दर्ताका लागि चन्द्रगढी आइपुग्नुभएको हो ।

मनोनयनपत्र निर्वाचन अधिकृत शकुन्तला कार्कीलाई हस्तान्तरण गरिसकेपछि नेता ओलीले केहीबेर पत्रकारहरुलाई समय दिनुभएको थियो ।

उहाँले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट मुलुकले बहुमतको स्थिर सरकार पाउने विश्वास व्यक्त गर्दै वाम गठबन्धन मुलुकको आर्थिक समृद्धि र जनताको हितका लागि आवश्यकता भएको बताउनुभयो ।

सोही क्षेत्रबाट नेपाली काँग्रेसको तर्फबाट डा खगेन्द्र अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

झापा क्षेत्र नं ५ मा वाम गठबन्धन र काँग्रेसबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी शहीदपार्क जाऔँ’
‘विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी शहीदपार्क जाऔँ’
कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री गोकर्णराज विष्ट !
कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री गोकर्णराज विष्ट !
प्रधानमन्त्री ओलीलाई फकाउँदै भारत, नेपाललाई दिने सहयोग ६ सय ५० करोड
प्रधानमन्त्री ओलीलाई फकाउँदै भारत, नेपाललाई दिने सहयोग ६ सय ५० करोड
बोर्नमाउथमाथि टोटनह्यामको ३-१ को जित
बोर्नमाउथमाथि टोटनह्यामको ३-१ को जित
उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत सम्बन्धमा
उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत सम्बन्धमा
उदयपुरगढी गाउँपालिका अध्यक्षमा समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित
उदयपुरगढी गाउँपालिका अध्यक्षमा समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित
आजको विनिमयदर : कुन देशको कति छ ? हेर्नुहोस् …
आजको विनिमयदर : कुन देशको कति छ ? हेर्नुहोस् …
१४ वर्षीय बालिका बलात्कार प्रकरण फेरी ब्युँतियो, २५ लाखमा मिलापत्र भएको खुलासा
१४ वर्षीय बालिका बलात्कार प्रकरण फेरी ब्युँतियो, २५ लाखमा मिलापत्र भएको खुलासा
नेपाल भारतको खुला सिमाना नियमन गर्न सर्वोच्चको परमादेश
एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !
एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !

तपाईंले छुटाउनुभयो कि?