उदयपुरगढी गाउँपालिका अध्यक्षमा समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ३, २०७९
|
|
४१ पटक हेरिएको
Shares
उदयपुरगढी गाउँपालिका अध्यक्षमा समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित

सारांश

  • उदयपुर।
  • उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन्।
  • सत्ता गठबन्धबाट उम्मेदवार बनेका केप्छाकी मगरले निकटतम् प्रतिस्पर्धी एमालेका गोपालबहादुर खत्रीलाई ८२८ मतले हराउदै निर्वाचित भएका हुन्।

उदयपुर। उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन्। सत्ता गठबन्धबाट उम्मेदवार बनेका केप्छाकी मगरले निकटतम् प्रतिस्पर्धी एमालेका गोपालबहादुर खत्रीलाई ८२८ मतले हराउदै निर्वाचित भएका हुन्।
मगरले ४ हजार ९ सय ४२ मत प्राप्त गर्दा खत्रीले ४ हजार १ सय १४ मत मात्र प्राप्त गरे। यस्तै उपाध्यक्षमा एमालेकी शोभाकुमारी मगरलाई हराउदै कांग्रेसका जितबहादुर खड्का निर्वाचित भएका छन् । खड्काले ४ हजार ६ सय ४८ मत ल्याउँदा नेकपा एमालेकी शोभाकुमारी मगरले ३ हजार ८६३ मात्र मत ल्याइन्।

त्यसैगरी उदयपुरगढी गाउँपालिका वडा नम्बर १ मा नेकपा समाजवादीका दिलबहादुर राना मगर विजयी भएका छन्। वडा नम्बर २ मा स्वतन्त्र उम्मेदवार ईन्द्रबहादुर राउत विजयी भएका छन्।

वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका मनोजकुमार कार्की, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका रामबहादुर घले मगर, वडा नम्बर ५ मा नेपाली कांग्रेसका कुमार अधिकारी, वडा नम्बर ६ मा कांग्रेसका कृष्णबहादुर खत्री, वडा नम्बर ७ मा माओवादी केन्द्रका भुवन केप्छाकी मगर र वडा नम्बर ८ मा एमालेका थीरबहादुर राउत विजयी भएका छन् । उदयपुरगढी गाउँपालिकामा २० हजार २ सय ५२ मतदाता मध्ये ५९ दशमल ७६ प्रतिशत १२ हजार १ सय २ मत खसेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदर्शनकारीसँग वार्ता गरी समस्या समाधान गर्न सांसदको माग
प्रदर्शनकारीसँग वार्ता गरी समस्या समाधान गर्न सांसदको माग
सप्तरीमा मध्यरातमा आगलागी हुँदा ३ घर जलेर नष्ट
सप्तरीमा मध्यरातमा आगलागी हुँदा ३ घर जलेर नष्ट
मेलम्ची खानेपानी आयोजनामा सरकारको विशेष ध्यान जानुपर्छ : अध्यक्ष तिमिल्सिना
मेलम्ची खानेपानी आयोजनामा सरकारको विशेष ध्यान जानुपर्छ : अध्यक्ष तिमिल्सिना
आज भाइ टीका, कस्तो छ तपाईंको राशिफल?
आज भाइ टीका, कस्तो छ तपाईंको राशिफल?
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
मामा घर अनाथ बाल आश्रमको संरक्षणका लागि महाँयज्ञ संचालनमा
विरामी छोरी लिएर काठमाडौं आउँदै गर्दा भ्यान त्रिशुलीमा खस्दा बाबु पौडेर बचे, आमा र चालकको मृत्य
विरामी छोरी लिएर काठमाडौं आउँदै गर्दा भ्यान त्रिशुलीमा खस्दा बाबु पौडेर बचे, आमा र चालकको मृत्य
मानवअधिकारवादी नेता कृष्ण पहाडीसहित ३१ जना बालुवाटारबाट गिरफ्तार
मानवअधिकारवादी नेता कृष्ण पहाडीसहित ३१ जना बालुवाटारबाट गिरफ्तार
सिरहामा एड्सबाट २४ को मृत्यु
सिरहामा एड्सबाट २४ को मृत्यु
अपहरण गरेको अभियोगमा पक्राउ
अपहरण गरेको अभियोगमा पक्राउ

तपाईंले छुटाउनुभयो कि?