एमाले केन्द्रीय कमिटी बैठकका ११ एजेन्डा निर्धारण

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र ९, २०७९
|
|
६० पटक हेरिएको
Shares
एमाले केन्द्रीय कमिटी बैठकका ११ एजेन्डा निर्धारण

सारांश

  • नेकपा एमालेले शुक्रबारबाट बस्ने केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तयार पारेको छ ।
  • बिहीबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय गरेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
  • उनकाअनुसार पहिलो एजेण्डाका रुपमा अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन पेससहित त्यसमा ग्रुप विभाजनमार्फत छलफल गर्ने, मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई सपथ गराएर बैठकमा सहभागी गराउने दोस्रो एजेण्डा रहेको छ ।

नेकपा एमालेले शुक्रबारबाट बस्ने केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तयार पारेको छ । बिहीबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय गरेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनकाअनुसार पहिलो एजेण्डाका रुपमा अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन पेससहित त्यसमा ग्रुप विभाजनमार्फत छलफल गर्ने, मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई सपथ गराएर बैठकमा सहभागी गराउने दोस्रो एजेण्डा रहेको छ ।

त्यस्तै यसअघि पार्टी सचिवालयले गरेका निर्णयहरु पेश गर्ने तेस्रो एजेण्डा रहेको छ भने उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया चौथो एजेण्डा बनेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए । त्यस्तै पाँचौ एजेण्डामा स्थानीय निर्वाचनका सम्वन्धमा छानविन गर्न उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको छानविन समितिको प्रतिवेदन पेश गर्ने र छैठौं एजेण्डामा दोहोरिएका पार्टी संगठित सदस्यलाई व्यवस्थापन गर्ने रहेको छ ।

केन्द्रीय सल्लाहकार परिषद र तीन आयोगको रिपोर्ट अनुमोदन गर्ने सातौं एजेण्डा र भारत प्रवासको नियमावली पास गर्ने आठौं एजेण्डा बनाएको एमालेले पार्टी विभाग परिचालनका सम्वन्धमा केही नियमहरु पारित गर्ने एजेण्डा तय गरेको छ । त्यसैगरी मनोनित केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन पनि एमाले केन्द्रीय कमिटी बैठकले गर्नेछ ।

११ औं एजेण्डाका रुपमा समसामयिक राजनीतिक प्रतिवेदन पारित गर्ने रहेको गुरुङले जानकारी दिए । बैठकमा खिमलाल भट्टराई सुमन प्याकुरेल, निरु पाल, शान्ता चौधरी, लालबाबु पण्डित, खगराज अधिकारी, अग्नि खरेल सहित १५ जनाले सुझाव अध्यक्ष ओलीको प्रतिवेदनमा समेट्नुपर्ने सुझावहरु राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिन्दगीको मिठो मोडमा
जिन्दगीको मिठो मोडमा
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए
माओवादी हेडक्वार्टरको आदेश वेवास्ता गर्दै एनएमए निर्वाचनमा लोकेन्द्र विष्टको ठाडो हस्तक्षेप
माओवादी हेडक्वार्टरको आदेश वेवास्ता गर्दै एनएमए निर्वाचनमा लोकेन्द्र विष्टको ठाडो हस्तक्षेप
अबैध घरेलु मदिरा नष्ट
अबैध घरेलु मदिरा नष्ट
यस्ताे रहेछ महिलाहरुको चुल्ठो काट्ने घटनाको रहस्य
यस्ताे रहेछ महिलाहरुको चुल्ठो काट्ने घटनाको रहस्य
अस्ट्रेलियाको तस्मानियामा कम्तीमा ३८० ह्वेलको मृत्यु
अस्ट्रेलियाको तस्मानियामा कम्तीमा ३८० ह्वेलको मृत्यु
प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह
हमासको आक्रमणबाट मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ हुने
हमासको आक्रमणबाट मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ हुने
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
सीमा क्षेत्रमा भारतद्वारा एकतर्फि रुपमा सडक निर्माण !
सीमा क्षेत्रमा भारतद्वारा एकतर्फि रुपमा सडक निर्माण !

तपाईंले छुटाउनुभयो कि?