एमाले र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ७, २०८०
|
|
४८ पटक हेरिएको
Shares
एमाले र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज

सारांश

  • काठमाडौं ।
  • नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बुधबार काठमाडौंको छुट्टाछुट्टै ठाउँमा प्रदर्शन गर्ने भएका छन् ।
  • ७ मंसिरमा दुवै पक्षले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेपछि सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनीमार्गदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा जारी गरेको छ ।

काठमाडौं । नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बुधबार काठमाडौंको छुट्टाछुट्टै ठाउँमा प्रदर्शन गर्ने भएका छन् ।

७ मंसिरमा दुवै पक्षले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेपछि सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनीमार्गदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले झडपको सम्भावनालाई मध्यनजर गर्दै शान्ति सुव्यवस्था कायम गर्न भन्दै दुवै पक्षलाई फरक–फरक ठाउँमा प्रदर्शनका लागि सीमा तोकिदिएको छ । दुई फरक ठाउँमा प्रशासनले प्रर्दशनका लागि सीमा तोकिदिएपछि सम्भावित मुडभेड हुने सम्भावना भने टरेको छ । तर, प्रशासनले चोकचोकमा सुरक्षा व्यवस्था भने कडाइ गरेको छ । सुरक्षाकर्मीले सीमा नाकाबाट भित्रने सवारीसाधनमा एक सातादेखि चेकजाँचमा कडाइ गर्दै आइरहेको छ ।

जिल्ला प्रशासनले प्रदर्शनका लागि ठाउँ तोकिदिएपछि एमालेका तर्फबाट तीनकुनेमा हुने प्रदर्शनमा एमालेका नेता महेश बस्नेतले नेतृत्व गर्ने तयारी छ । प्रदर्शनमा ५० हजार मानिस सहभागी गराउने एमालेको भ्रातृसंगठन युवा संघले दाबी गरे पनि विभिन्न संगठनका संगठित भएका २५ हजार कार्यकर्ता उतार्ने तयारी गरिएको छ ।

त्यस्तै, जिल्ला प्रशासनले दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको प्रदर्शनलाई काठमाडौंको बल्खुमा शान्तिपूर्ण प्रदर्शन गर्न दिने निर्णय गरेको छ । प्रसाईंको प्रदर्शनमा विभिन्न जिल्लाबाट भेला भएर आउनेको संख्या करिब २० हजारको हाराहारीमा हुने अनुमान गरिएको छ । नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ ।

काठमाडौं प्रदर्शनमा उतार्न प्रसाईंका पक्षमा लघुवित्तबाट ऋण लिएका र राजावादीको समूह रहने छन् । प्रदर्शन गर्न राजावादीले सचिवालय समिति नै गठन गरेर एक साताअघिदेखि काठमाडौंमा खाना र बस्ने व्यवस्था समेत गरिसकेका छन् ।

दुर्गा प्रसाईंंको नेतृत्वमा आन्दोलनलाई राजावादी संगठन ‘वीर गोर्खाली अभियान’ले सहयोग गर्ने घोषणा गरेको छ । वीर गोर्खाली अभियानले एक प्रेस वक्तव्य जारी गर्दै बल्खुबाट सुरु हुने कार्यक्रममा सहभागी हुने जानकारी दिएको हो । अभियानले २०४७ सालको संविधान पुनस्र्थापनाको माग गर्दै अभियान सञ्चालन गर्दै आएको छ । जसअनुसार काठमाडौं, चितवन, बुटवल, पोखरा, हेटौंडालगायत देशभरका विभिन्न सहरमा अभियानले कार्यक्रम गरिरहेको सौरभ भण्डारीले बताए ।

सरकार सो प्रदर्शनको अवस्था हेरेर रणनीति तयार गरिरहेको बुझिएको छ । सरकार सो प्रदर्शनबाट त्रसित नभए पनि सम्भावित जोखिम र दुर्घटना हुन सक्ने’bout सचेत रहेको एक मन्त्रीले बताए । सामाजिक सद्भाव नभड्कियोस् र झडपको अवस्था नआसोस् भनेर सरकारले सुरक्षाफौजलाई तयारी हालतमा राखेको छ ।

दुर्गा प्रसाईं भने यो प्रदर्शन चर्काउने रणनीतिमा रहेको बुझिएको छ । राजावादी र लघुवित्त ऋणीको आडमा प्रदर्शन गर्न गइरहेका प्रसाईंले पार्टी प्यालेस र होटेलमा आफ्ना समर्थक राख्न सबै तयारी गरेका छन् । प्रसाईंले सञ्चारमाध्यममा बोलेको भनाइ हेर्ने हो भने पनि यो प्रदर्शन एक सातासम्म जान सक्ने बताएका छन् । उनले जिल्ला जिल्लामा पनि प्रदर्शन गर्ने बताइरहेका छन् । प्रसाईंको सो भनाइले सत्तारूढ दलका नेता केही सचेत त छन् नै प्रमुख प्रतिपक्ष दल एमाले पनि त्रसित छ ।

त्यसैले ७ मंसिरमा तीनकुनेमा हुन लागेको प्रदर्शन प्रसाईंलाई काउन्टर दिन महेश बस्नेतको नेतृत्वमा गर्न लागिएको हो । प्रर्दशनमा भ्रष्टाचार, अनियमितताको विषयलाई उठाए पनि सिंगो एमाले एउटा प्रसाईंविरुद्ध लागिरहेको देखिन्छ । प्रसाईंले अहिले आफ्नो आन्दोलन चर्काउन व्यवस्था परिवर्तन गर्ने भन्दै मानिसलाई उक्साइरहेका छन् । राजतन्त्र फर्काउने, नेपाललाई हिन्दु राज्य बनाउने र अहिलेको संघीय व्यवस्था खारेजको मागसहित राजावादीको आडमा प्रसाईं प्रदर्शनमा उत्रिएका छन् ।

प्रसाईंं एक व्यक्ति हुन् । उनको पछाडि केही युट्युबर छन् । राजावादी र लघुवित्तको ऋणमा डुबेका पूर्णरूपमा जनसमर्थनमा उनको अभियान चलेको छ । प्रमुख प्रतिपक्ष एमालेले एक व्यक्तिसँग प्रतिस्पर्धा गरेर के प्रमाणित गर्न खोजिरहेको छ अहिले कसैले बुझ्न सकेका छैनन् । पहिला माओवादी र एमालेबाटै पालितपोषित प्रसाईं अहिले उनीहरूका लागि टाउको दुःखाइ बनिरहेको छ ।

एमालेको भ्रातृसंगठन युवा संघका कार्यकर्ताले दुर्गा प्रसाईंंमाथि कालोमोसो फ्याक्ने हर्कत गरे । त्यसपछि आमनेसामने भएका हुन् प्रसाईंं र महेश बस्नेत । दुर्गा र महेश भिड्दासम्म यो व्यक्तिगत इगोको लडाइँ थियो । तर, ७ गतेको प्रदर्शनलाई एमालेले स्वामित्व लिएपछि अब एमालेको इज्जत दाउमा लागेको छ ।

प्रहरीले ड्रोनबाट बल्खुको प्रदर्शनको सुरक्षा निगरानी राख्ने

सम्भावित झडप र क्षति हुन सक्ने आँकलन गर्दै प्रहरीले ड्रोनबाट प्रसाईंले नेतृत्व गर्ने प्रदर्शनस्थलको सुरक्षा निगरानी गर्ने भएको छ । बल्खुमा हुने प्रदर्शनको प्रहरीले चाहिँ ड्रोन प्रयोग गरेर सुरक्षा निगरानी राखिने काठमाडौं एसएसपी भूपेन्द्र खत्रीले बताए ।

काठमाडौं प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानीका लागि थप दुईवटा ड्रोन उपलब्ध गराएको छ । प्रदर्शनस्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ ।

सुरक्षा व्यवस्था कडा

७ मंसिरमा नेकपा एमालेको भ्रातृसंगठन युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईंंले गर्ने विरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताएका छन् । उनले विरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको बताए ।

प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । प्रदर्शनस्थल र जुलुस आउने बाटोमा १ हजार ५ सय ८८ सशस्त्र प्रहरी परिचालित हुने छन् । काठमाडौंमा २ हजार ६ सय ३७ प्रहरी, ललितपुरमा ५ सय ६४ प्रहरी र भक्तपुरमा ४ सय ४ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागू गरिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९ सय ७८ जना ट्राफिक प्रहरी परिचालित हुने छन् । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना संकलनका लागि ३ सय ५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ । एकीकृत सुरक्षा योजनाअनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालकाे १०० रन पुरा, लक्ष्य टाढा विकेट कम !
नेपालकाे १०० रन पुरा, लक्ष्य टाढा विकेट कम !
ग्ल्याम नेपाल इन्टेनेशनलमा २४ प्रतिस्पर्धी
ग्ल्याम नेपाल इन्टेनेशनलमा २४ प्रतिस्पर्धी
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
कोशी प्रदेशसभा विनियोजन विधेयक बहुमतले पारित
कोशी प्रदेशसभा विनियोजन विधेयक बहुमतले पारित
नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो
नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो
संघ, प्रदेश र स्थानीय तहबीच शक्ति टकराव हुनसक्छ : अध्यक्ष तिमिल्सिना
संघ, प्रदेश र स्थानीय तहबीच शक्ति टकराव हुनसक्छ : अध्यक्ष तिमिल्सिना
नेवारी संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति
नेवारी संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति
बूढानीलकण्ठको भाडाको घरमा सुन प्रशोधन, २१ किलो सुनसहित तीन चिनियाँ पक्राउ
बूढानीलकण्ठको भाडाको घरमा सुन प्रशोधन, २१ किलो सुनसहित तीन चिनियाँ पक्राउ
विप्लवले कृष्ण पहाडीको ओछ्यानमुनि बम पड्काउने भनेपछि…
विप्लवले कृष्ण पहाडीको ओछ्यानमुनि बम पड्काउने भनेपछि…
पर्यटकीय क्षेत्रमा अझै पुगेन पूर्वाधार
पर्यटकीय क्षेत्रमा अझै पुगेन पूर्वाधार

तपाईंले छुटाउनुभयो कि?