एमाले र राप्रपा नेपालबीच गठबन्धन, राप्रपा नेपाल चिन्हबाटै चुनाव लड्ने

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र ३०, २०७८
|
|
५२ पटक हेरिएको
Shares
एमाले र राप्रपा नेपालबीच गठबन्धन, राप्रपा नेपाल चिन्हबाटै चुनाव लड्ने

सारांश

  • काठमाडाैं।
  • प्रमुख विपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सहमति भएकाे छ।
  • दुवै दलका नेताहरुबीच बुधवार भएको छलफलपछि ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ।

काठमाडाैं। प्रमुख विपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सहमति भएकाे छ। दुवै दलका नेताहरुबीच बुधवार भएको छलफलपछि ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्। दुइ दलबीच सहमतिको पहिलो बुँदामा देशभरिका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने उल्लेख छ। आफ्ना उम्मेदवार नभएका ठाउँमा राप्रपा नेपालले एमाले उम्मेदवारलाई सघाउने, राप्रपा नेपालका उम्मेदवारलाई पनि एमालेले सघाउने सहमति भएकाे छ।।
यसैगरी एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने, केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने सहमति भएकाे छ।
राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने र निर्वाचित भएपश्चात पनि राप्रपा नेपालमा आवद्ध हुने सहमति भएकाे छ। [image: sahamti.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गिद्ध संरक्षणमा जोड
गिद्ध संरक्षणमा जोड
हिमतालमा डुबेका विद्यार्थीको खाेजिकार्य सुरु !
हिमतालमा डुबेका विद्यार्थीको खाेजिकार्य सुरु !
खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
राप्रपामा फेरि कचिंगल : यसकारण राणा र चन्दले पनि पार्टी छाड्नसक्ने
राप्रपामा फेरि कचिंगल : यसकारण राणा र चन्दले पनि पार्टी छाड्नसक्ने
जिल्ला प्रशासनमा ध्वनि नागरिक वडापत्र
जिल्ला प्रशासनमा ध्वनि नागरिक वडापत्र
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे
सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
इनिसा विक मृत्यु प्रकरण: निष्पक्ष छानबिनका लागि नेपालगञ्जबाट फरेन्सिक विज्ञ बोलाइयो
इनिसा विक मृत्यु प्रकरण: निष्पक्ष छानबिनका लागि नेपालगञ्जबाट फरेन्सिक विज्ञ बोलाइयो
फेसबुक प्रमुख नआए पछि रिसाए ९ देशका सांसदहरु
फेसबुक प्रमुख नआए पछि रिसाए ९ देशका सांसदहरु

तपाईंले छुटाउनुभयो कि?