एमाले स्कुल विभागले सुरु गर्‍यो कार्यकर्ताका लागि प्रशिक्षणको तेस्रो शृङ्खला

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ ६, २०७९
|
|
५७ पटक हेरिएको
Shares
एमाले स्कुल विभागले सुरु गर्‍यो कार्यकर्ताका लागि प्रशिक्षणको तेस्रो शृङ्खला

सारांश

  • ​​​​​​​​​​​​​​​​​​​काठमाडौँ ।
  • नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले कार्यकर्ताका लागि बिहीबारदेखि पार्टी स्कुल (विषयगत प्रशिक्षण)को तेस्रो शृङ्खला सुरु गरेको छ ।
  • पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सञ्चालन गरिएको तीन दिने स्कुलमा यस पटक अखिल नेपाल महिला सङ्घमा आबद्ध नेता कार्यकर्ता सहभागी हुनुहुन्छ ।

​​​​​​​​​​​​​​​​​​​काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले कार्यकर्ताका लागि बिहीबारदेखि पार्टी स्कुल (विषयगत प्रशिक्षण)को तेस्रो शृङ्खला सुरु गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सञ्चालन गरिएको तीन दिने स्कुलमा यस पटक अखिल नेपाल महिला सङ्घमा आबद्ध नेता कार्यकर्ता सहभागी हुनुहुन्छ ।

पार्टी स्कुलमा बिहीबार पहिलो दिन पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षणको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
त्यसपछि नेकपा (एमाले)स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराईले ‘कूटनीतिक सम्बन्ध र भूराजनीति’, स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले ‘पार्टी र जनसंगठनबीचको अन्तरसम्बन्ध’ र पोलिटब्युरो सदस्य तथा स्कुल विभागका उपप्रमुख ईश्वरी रिजालले ‘मार्क्सवादी दर्शन र सामाजिक रूपान्तरण’ का विषयमा प्रशिक्षण दिनुभयो ।

स्कुल विभागको कार्य तालिका अनुसार, आज दोस्रो दिन महासचिव शङ्कर पोखरेलले ‘मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद’ विषयमा प्रशिक्षण दिनुहुने छ भने स्थायी कमिटी सदस्य तथा अनेमसंघ इन्चार्ज सीता पौडेलले ‘अनेमसंघ र आगामी कार्यदिशा’, केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले ‘सूचना, सञ्चार र प्रविधि’ विषयमा र रामशरण प्याकुरेलले ‘सङ्गठन निर्माण, परिचालन र व्यवस्थापन’ विषयमा प्रशिक्षण दिनुहुने छ ।

त्यस्तै, प्रशिक्षणको तेस्रो तथा अन्तिम दिन उपमहासचिव प्रदीप ज्ञवालीले ‘महाधिवेशनको सिद्धान्त, कार्यक्रम र कार्यदिशा’, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमालले ‘निर्वाचन २०७९ को समीक्षा र आगामी कार्यदिशा’ विषयमा प्रशिक्षण दिनुहुने छ । त्यसैगरी लेखा आयोगका सदस्य भीम पौडेलले ‘सङ्गठनमा लेखा व्यवस्थापन’ विषयमा प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको विभागले जनाएको छ ।

प्रशिक्षणको कति उपयोगी हुन सक्यो, प्रभावकारिता के रह्यो, सहभागीहरूको विषयप्रतिको बुझाई कस्तो रह्यो भन्ने पत्ता लगाउन प्रशिक्षणको सुरु र अन्त्यमा जाँच लिने गरिएको छ । अन्त्यमा स्कुल विभागका प्रमुख ज्ञवालीले त्यसको परिणाम प्रकाशन र सहभागीहरूका थप जिज्ञासाको उत्तर दिने गरी प्रशिक्षण कार्यक्रम तय भएको छ ।

प्रशिक्षणमा यसपालि ३५ जनाको सहभागिता रहेको केन्द्रीय सदस्य एवम् विभागका सचिव पेम्वा लामाले जानकारी दिनुभयो । विभागले आफ्नो वार्षिक कार्य तालिका बमोजिम गत भदौ महिनामा अखिल नेपाल किसान महासङ्घ र युवा सङ्घ नेपालका लागि यस्तो प्रशिक्षण सम्पन्न गरेको छ । प्रशिक्षण जनसङ्गठनहरूबाट सुरु गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

को- को छन् एमालेबाट  मुख्यमन्त्री र सभामुखको  दौडमा ?
को- को छन् एमालेबाट मुख्यमन्त्री र सभामुखको दौडमा ?
असोज ५ गते आइतबारको राशिफल यस्तो छ
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
फेरि अस्पताल भर्ना प्रम अाेली ! सचिवालय भन्छ कस्ले भन्छ कुन्नि!
फेरि अस्पताल भर्ना प्रम अाेली ! सचिवालय भन्छ कस्ले भन्छ कुन्नि!
उद्यमी बनाउँदै राष्ट्र बैंक, सस्तो ब्याजमा ऋण दिइदै
उद्यमी बनाउँदै राष्ट्र बैंक, सस्तो ब्याजमा ऋण दिइदै
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो
‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो
वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि
वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि
बाढीपीडितका लागि राष्ट्रपतिबाट एक महिनाको तलब सहयोग
बाढीपीडितका लागि राष्ट्रपतिबाट एक महिनाको तलब सहयोग
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो

तपाईंले छुटाउनुभयो कि?