एम्बिसन एकेडेमीले गर्यो डान्सिङ् स्टारको खोजी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २८, २०७९
|
|
३७ पटक हेरिएको
Shares
एम्बिसन एकेडेमीले गर्यो डान्सिङ् स्टारको खोजी

सारांश

  • काठमाडौ ।
  • विद्यार्थीहरूको प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले नयाँ बानेश्वरमा रहेको एम्बिसन एकेडमी स्कुलले ‘एम्बिसन डान्सिङ् स्टार सिजन ३’ कार्यक्रम सम्पन्न गरेको छ ।
  • विद्यालयमा अध्ययनरत फाउन्डेसनदेखि कक्षा १० सम्मका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा विभिन्न चरण पार गर्दै ५३ जना विद्यार्थी अन्तिम चरणमा पुगेका थिए ।

काठमाडौ । विद्यार्थीहरूको प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले नयाँ बानेश्वरमा रहेको एम्बिसन एकेडमी स्कुलले ‘एम्बिसन डान्सिङ् स्टार सिजन ३’ कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत फाउन्डेसनदेखि कक्षा १० सम्मका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा विभिन्न चरण पार गर्दै ५३ जना विद्यार्थी अन्तिम चरणमा पुगेका थिए । मिति २०७९भाद्र २७ गते सम्पन्न गरिएको कार्यक्रममा कक्षाका आधारमा विद्यार्थीहरूलाई विभिन्न पाँच समूहमा विभाजन गरिएको थियो । प्रतियोगितामा समूह ए, बि,सी,डी र इ बाट क्रमशः परिस्ता राई, बेनिशा केसी, सुधा वाइवा, चक्षु भट्टराई र रेहाना राईले ूएम्बिसन डान्सिङ् स्टार सिजन ३ को उपाधी चुम्न सफल भए। प्रतियोगितामा हरेक समुहबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी २५ जना विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरियो भने बाँकी सबै प्रतियोगीहरूलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा नृत्य निर्देशक सङ्घ नेपाल काठमाडौं जिल्ला शाखाका सचिव तथा कोरियोग्राफर, मोडल देवराज गुरुङ र नृत्य निर्देशक सङ्घ नेपालका आजिवन सदस्य तथा कोरियोग्राफर, मोडल महेन्द्र किरण निरौलाले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । त्यसैगरि नृत्य निर्देशक सघं नेपालका केन्द्रीय सह(कोषाध्यक्ष केशव कोइराला तथा कोरियोग्राफर, मोडल तथा नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला शाखाका सह(सचिव छिरिङ लामा अतिथि रहनु भएको कार्यक्रम एकेडेमीका इन्चार्ज खगेन्द्र नेपालको सभापतित्वमा सम्पन्न भएको थियो । नृत्य निर्देशक सङ्घ नेपाल भक्तपुर जिल्ला शाखाका अध्यक्ष समेत रहनु भएका विद्यालयका नृत्य प्रशिक्षक चुडामणि फुयालले संयोजन गर्नुभएको यस कार्यक्रमको सञ्चालन विद्यालयमा शिक्षक भवानी नेपालले गर्नुभएको थियो । पुरस्कृत प्रतिभाहरूलाई विद्यालयका प्रधानाध्यापक विष्णुकुमार घिमिरे, इन्चार्ज खगेन्द्र नेपाल र निर्णायकहरुले खादा सहित प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक विष्णुकुमार घिमिरेले यस कार्यक्रमले विद्यार्थीहरूलाई आफूमा भएको प्रतिभा प्रष्फुटन गराउन सकेको कुरा उल्लेख गर्दै त्यस्ता प्रतिभाहरु खुलेर प्रस्तुत गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रम समापन गर्ने क्रममा सभापतिले यो कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?