एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ ६, २०८०
|
|
५५ पटक हेरिएको
Shares
एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थाबाट आवेदन माग गरेको छ ।
  • बोर्डको कार्यालयले आज एक सूचना प्रकाशित गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई २०७९) को नतिजासम्बन्धी विवरण परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त गरी एसएमएस, आइभिआर वा वेबसाइटबाट सार्वजनिक गर्न इच्छुक संस्थाले आफूले दिन चाहेको सेवाको विवरण कार्यालयबाट तोकिएको शर्तको अधीनमा रही यही असार १२ गतेभित्र आवेदन दिन आग्रह गरेको छ ।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थाबाट आवेदन माग गरेको छ ।

बोर्डको कार्यालयले आज एक सूचना प्रकाशित गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई २०७९) को नतिजासम्बन्धी विवरण परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त गरी एसएमएस, आइभिआर वा वेबसाइटबाट सार्वजनिक गर्न इच्छुक संस्थाले आफूले दिन चाहेको सेवाको विवरण कार्यालयबाट तोकिएको शर्तको अधीनमा रही यही असार १२ गतेभित्र आवेदन दिन आग्रह गरेको छ ।

एसएमएसबाट सूचना दिनका लागि रु ४० हजार, वेबसाइटबाट नतिजा प्रकाशनका लागि रु २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि रु ६० हजार, एसएमएस, आइभीआर र वेबसाइट सेवाका लागि रु एक लाख राजस्व बुझाउनुपर्ने कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । बोर्डले परीक्षा प्रकाशित गरेपछि मात्रै नतिजासम्बन्धी विवरण उनीहरूलाई प्रदान गरिने र सोही आधारमा प्रकाशन गर्नुपर्ने जनाइएको छ ।

यसैगरी नतिजासम्बन्धी जानकारी दिने कार्य नतिजा प्रकाशन भएको मितिले ३१ औँ दिनबाट अनिवार्य बन्द गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियस्तरको दोहोरीगीतमा काठमाडौँ कलाकार समाज प्रथम
राष्ट्रियस्तरको दोहोरीगीतमा काठमाडौँ कलाकार समाज प्रथम
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग
घुस लिँदै गर्दा धनगढीका सहायक वन अधिकृत पक्राउ
घुस लिँदै गर्दा धनगढीका सहायक वन अधिकृत पक्राउ
अब आँखाको नानी सहितको ई-पासपोर्ट !
पहिले नेताहरु नारायणहिटी जान्थे, अहिले दिल्ली पानी पँधेरो : चित्रबहादुर केसी
पहिले नेताहरु नारायणहिटी जान्थे, अहिले दिल्ली पानी पँधेरो : चित्रबहादुर केसी
चीनको यो निर्णयले नेपालमा फैलियो त्रास
चीनको यो निर्णयले नेपालमा फैलियो त्रास
चोरी र लागूऔषध अाेसारपसारकाे कार्यलाई निर्मुल पार्न प्रहरीकाे सक्रियता
चोरी र लागूऔषध अाेसारपसारकाे कार्यलाई निर्मुल पार्न प्रहरीकाे सक्रियता
अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैनः वरिष्ठ नेता पौडेल
अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैनः वरिष्ठ नेता पौडेल
नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन र MAW हायर पर्चेज लिमिटेड बीच व्यवसायिक साझेदारी
नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन र MAW हायर पर्चेज लिमिटेड बीच व्यवसायिक साझेदारी
होलीको यस्तो पोजमा नायिका शिल्पा
होलीको यस्तो पोजमा नायिका शिल्पा

तपाईंले छुटाउनुभयो कि?