एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २१, २०८०
|
|
४८ पटक हेरिएको
Shares
एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक

सारांश

  • काठमाडौं ।
  • चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ ।
  • शनिबार सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो ।

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो ।

महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० अङ्कले पराजित भएकी हुन् ।  नेपाललाई करातेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

यसअघि शनिबार सम्पन्न सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । शनिबार नै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भएकी थिइन् ।

योसँगै नेपालले जारी १९औँ एसियाली खेलकुदमा दोस्रो पदक प्राप्त गरेको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीका सईले दुई पत्रकारलाई गोलीले उडाउने धम्की दिएपछि…
प्रहरीका सईले दुई पत्रकारलाई गोलीले उडाउने धम्की दिएपछि…
मानव अधिकार आयोगलाई नेपाली साझा मञ्चको खुल्लापत्र (पत्रसहित)
मानव अधिकार आयोगलाई नेपाली साझा मञ्चको खुल्लापत्र (पत्रसहित)
लुटपाट गर्दागर्दै ३ जना पक्राउ
लुटपाट गर्दागर्दै ३ जना पक्राउ
राजेश पायल र समिक्षा अधिकारीको स्वरमा दशैँ गीत ‘पिपल डाँडैमा’ सार्वजनिक
राजेश पायल र समिक्षा अधिकारीको स्वरमा दशैँ गीत ‘पिपल डाँडैमा’ सार्वजनिक
पहिरो पीडितको पीडा– टहराको बास र मागेको गाँस कहिलेसम्म ?
पहिरो पीडितको पीडा– टहराको बास र मागेको गाँस कहिलेसम्म ?
जेठ १५ गते शनिवारको राशिफल यस्तो छ
जेठ १५ गते शनिवारको राशिफल यस्तो छ
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो
उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो
बिरगंज महानगरमा  राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा फेरि लियो काँग्रेशले अग्रता ।
बिरगंज महानगरमा राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा फेरि लियो काँग्रेशले अग्रता ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: ऊर्जा व्यापारमा ऐतिहासिक सहमति
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: ऊर्जा व्यापारमा ऐतिहासिक सहमति

तपाईंले छुटाउनुभयो कि?