ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल टाेलिकाे घोषणा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १७, २०७९
|
|
५३ पटक हेरिएको
Shares
ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल टाेलिकाे घोषणा

सारांश

  • काठमाडौं ।
  • पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज २२ सदस्यीय नेपाली खेलाडीको अन्तिम नाम सार्वजनिक गरिएको छ ।
  • नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको हो ।

काठमाडौं । पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज २२ सदस्यीय नेपाली खेलाडीको अन्तिम नाम सार्वजनिक गरिएको छ ।

नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको हो । छनोट हुने नेपाली टोलीको गोलकिपरमा कप्तान एन्जिलासहित अञ्जना रानामगर र उषानाथ छन् ।

त्यस्तै, डिफेन्डरमा समीक्षा घिमिरे, हीराकुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ छन् । यसैगरी मिडफिल्डरमा रेनुका नगरकोटी, विमला चौधरी, सरु लिम्बू, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत र अनिता केसी छन् भने फरवार्डमा अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ र निर्मला विक छन् । ओलम्पिकको एसिया छनोटमा नेपाल समूह ‘सी’मा परेको छ । यस समूहमा नेपाल र भियतनाम छन् ।

यसै समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई टोलीमात्र सहभागी हुन लागेका हुन् । छनोटअन्तर्गत नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भियतनामसँग दुई खेल खेल्नेछ । नेपालले पहिलो खेल यही चैत २२ गते खेल्ने छ भने दोस्रो खेल चैत २५ गते खेल्नेछ । छनोटको शीर्षस्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

(https://chiringa.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुपको जनताको देउवा सगँ के आश!?: गंगा देखे गंगादाश, जमुना देखे जमुनादाश
सुपको जनताको देउवा सगँ के आश!?: गंगा देखे गंगादाश, जमुना देखे जमुनादाश
बलात्कारपछि हत्यामा बाँचेसम्म कैद
भुवन केसी र साम्राज्ञी बीचको दुस्मनी छरपष्ट
भुवन केसी र साम्राज्ञी बीचको दुस्मनी छरपष्ट
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?
उम्मेदवार बेपत्ता भएपछि अर्कै उम्मेदवार
उम्मेदवार बेपत्ता भएपछि अर्कै उम्मेदवार
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
समानुपातिकमा कांग्रेसको अग्रता, एमाले दोस्रो, माओवादी तेस्रो, विवेकशील साझाको १ मत
समानुपातिकमा कांग्रेसको अग्रता, एमाले दोस्रो, माओवादी तेस्रो, विवेकशील साझाको १ मत
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
बैंक अफ काठमाडौंले दुई कम्पनीको बोलपत्र आइतबार खोल्दै
बैंक अफ काठमाडौंले दुई कम्पनीको बोलपत्र आइतबार खोल्दै
खानेपानीको सङ्कट
खानेपानीको सङ्कट

तपाईंले छुटाउनुभयो कि?