ओलीकै प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष १८, २०७४
|
|
६० पटक हेरिएको
Shares
ओलीकै प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री !

सारांश

  • काठमाडौं, पुस १८ ।
  •   वाम गठबन्धनको सानो घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकीकरणपूर्व नै नेकपा एमालेभित्र बहुमतमा रहेका छन् ।
  • अब बन्ने सरकारको प्रधानमन्त्री पदमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गरेका प्रचण्डले एकीकरणका क्रममा पार्टी अध्यक्षमा दाबी गरेका छन् ।

काठमाडौं, पुस १८ ।  वाम गठबन्धनको सानो घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकीकरणपूर्व नै नेकपा एमालेभित्र बहुमतमा रहेका छन् । अब बन्ने सरकारको प्रधानमन्त्री पदमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गरेका प्रचण्डले एकीकरणका क्रममा पार्टी अध्यक्षमा दाबी गरेका छन् ।

ओलीले प्रचण्डलाई आफूपछिको वरियतामा राखी पार्टी एकीकरणको प्रस्ताव अघि सारेपनि त्यसलाई प्रचण्डले अस्वीकार गरेका छन् । ‘प्रधानमन्त्री पद माओवादीले नपाएको खण्डमा पार्टी अध्यक्ष पाउनुपर्छ भन्ने दाबी हो, अहिले प्रचण्ड प्रधानमन्त्रीका लागि लालयित हुनुहुन्न ।’, प्रचण्ड सचिवालय स्रोतले भन्यो,‘नत्र पार्टी एकीकरण गर्नुको अर्थ रहँदैन ।’

माओवादीले सरकार र पार्टीको नेतृत्वमध्ये एक आफूले पाउनुपर्ने धारणा राख्दै आएको छ । नेताहरूका अनुसार यसविषयमा विभिन्न विकल्पमा अहिले छलफल भइरहेका छन् ।

माओवादी केन्द्रका नेताहरूले निर्वाचनमा नेपाली जनताले एमाले र माओवादीबीच हुने एकतालाई मतदान गरेको भन्दै दुवै पार्टीका तलदेखि माथिसम्मका नेताहरूको शक्ति बाँडफाँट प्रभावकारी हुनुपर्ने माग राख्दै आएको छ । तर प्रचण्डले पार्टीको अध्यक्ष पद पाए अन्य पदमा सम्झौता गरेरै पनि अघि बढ्नसक्ने संकेत देखाएका छन् भने सत्ता समिकरणमा भने सन्तुलन कायम राख्नुपर्ने प्रस्ताव अघि राखेका छन् । ‘पार्टी एकताका लागि सिद्धान्त विचारधारा मिलिसकेपछि नेतृत्व प्रणालीमा पनि मिल्नुपर्दछ । पावर सेयरिङ प्रमुख नेताहरूदेखि अन्य नेताहरूको पनि माथिदेखि तलसम्म मिलाउनुपर्छ । अनि प्रभावकारी एकीकरण हुन्छ’, माओवादी नेता गिरीराजमणि पोखरेलले भने,‘सरकार एमाले नेतृत्वले लिए पार्टीको नेतृत्व प्रचण्डले स्वभाविक रूपमा पाउनुपर्छ ।’

त्यसो त एमालेभित्र पनि प्रचण्डलाई पार्टी अध्यक्ष मान्नका लागि वरिष्ठ तहका नेता तयार रहेका छन् । वरिष्ठ नेता झलनाथ खनालले ओली प्रधानमन्त्री हुन गए पार्टीको अध्यक्ष प्रचण्डले पाउनुपर्ने बताएका छन् । अर्का नेता माधवकुमार नेपालले प्रचण्डलाई पार्टी नेतृत्व दिनसक्ने संकेत देखाइसकेका छन् ।

एकीकरणका मियोँ बनेका एमाले उपाध्यक्ष बामदेव गौतमले प्रचण्डलाई अध्यक्ष स्वीकार गरी अघि बढ्नुपर्ने बताइसकेका छन् । यस हिसावले पार्टीभित्र रहेका ओलीका प्रतिपक्षी र ओलीका मुख्य समर्थक गौतमले पनि प्रचण्डलाई नै मान्ने भएपछि एकीकरणपूर्व नै प्रचण्ड एमालेको बहुमतमा उभिएका छन् ।

अग्नी सापकोटाले पार्टी एकताबाट दुवै पार्टी पछाडि फर्कन नहुने भन्दै पदको विषयमा एकताबारे कसैलाई पनि शंका नगर्न आग्रह गरे । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक लामो समयसम्म बस्न सकिरहेको छैन । भर्खरै सम्पन्न भएको चुनावी परिणाममाथि छलफल र एजेण्डा तय नहुँदा बैठक बस्न नसकेको हो ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताको लागि एजेन्डा तय नहुँदा पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको बताए । तर नेतृत्व बाँडफाँटको विषयमा नै ओली खुलस्त नहुँदा यो समस्या आएको बताइएको छ । पछिल्लो पटक ओली निकटका नेता शंकर पोखरेलले पार्टी नेतृत्व संयुक्त हुने नयाँ कार्ड फ्याँकेका छन् ।

जनप्रहार साप्ताहिकका अनुसार अध्यक्ष ओली भए त्यसमा सहअध्यक्षका रूपमा प्रचण्डलाई नेतृत्वले स्वीकार्नसक्ने उनको संकेत थियो । तर, प्रचण्डले सहायक भुमिका भन्दा पनि कार्यकारी पद नै खोजिरहेका छन् । उनले भने,‘दुई कार्यकारी मध्ये एक माओवादीले पाउनुपर्छ ।’ यसको अर्थ एमालेलाई सरकारमा पठाएको खण्डमा पार्टी अध्यक्षको जिम्मा प्रचण्डले नै पाउनुपर्ने हो । पार्टीको नेतृत्व नत्यागे ओलीले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्नुपर्ने संकेत देखिएको छ ।

(https://www.sociobits.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोबाइल एप्स ट्याक्सीमाण्डु सार्वजनिक, अब घरबाटै ट्याक्सी बुक गर्न पाइने
मोबाइल एप्स ट्याक्सीमाण्डु सार्वजनिक, अब घरबाटै ट्याक्सी बुक गर्न पाइने
एकै दिन १ हजार ७१४ जना डेंगुका बिरामी थपिए
एकै दिन १ हजार ७१४ जना डेंगुका बिरामी थपिए
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
एमाले र राजपाका नेताबीच राजधानीको रिसोर्टमा वार्ता : नजिकिँदै सम्बन्ध
एमाले र राजपाका नेताबीच राजधानीको रिसोर्टमा वार्ता : नजिकिँदै सम्बन्ध
प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
This girl’s mashup of ‘Gabru’ and ‘Cheap Thrills’ will surely make you groove on the dance floor!
This girl’s mashup of ‘Gabru’ and ‘Cheap Thrills’ will surely make you groove on the dance floor!
Играть в бесплатные игры онлайн-казино без регистрации Демо-игры казин
इजरायल–हमास युद्धमा १५ सय बढी मारिए, कस्तो छ हालको अवस्था ?
इजरायल–हमास युद्धमा १५ सय बढी मारिए, कस्तो छ हालको अवस्था ?
४८२ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार ४६
४८२ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार ४६
कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार
कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार

तपाईंले छुटाउनुभयो कि?