ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
५३ पटक हेरिएको
Shares
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान

सारांश

  • काठमाडौं।
  • आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने ‘मुख्य आरोपी’लाई प्रहरीले ज्यान मार्ने उद्योगको कसूरमा अनुसन्धान थालेको छ।
  • चितवन प्रहरीका अनुसार भरतपुर महानगरपालिकाका सवारी चालक अविरल पोखरेललाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा अनुसन्धान थालिएको हो।

काठमाडौं। आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने ‘मुख्य आरोपी’लाई प्रहरीले ज्यान मार्ने उद्योगको कसूरमा अनुसन्धान थालेको छ। चितवन प्रहरीका अनुसार भरतपुर महानगरपालिकाका सवारी चालक अविरल पोखरेललाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा अनुसन्धान थालिएको हो।पोखरेल कात्तिक १९ गते पक्राउ परेका थिए। उनलाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा थुनामा राखेर अनुसन्धान भइरहेको छ ।

सो कसूरमा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्छ। शाहीमाथि गत असोज ११ गते चितवनमा आक्रमण भएको थियो। पक्राउ परेका भरतपुर महानगरपालिका–११ का ३२ वर्षीय पोखरेल तीन महिनायता महानगरपालिकाको चालकमा जागिरे रहेको थाहा भएको छ।मेयर रेणु दाहालको सवारी चलाउने गरी नियुक्ति गरिए पनि उनी नगरपालिकाको फोहोर उठाउने गाडीमा चालक थिए। पोखरेल पूर्वमाओवादी कार्यकर्ता हुन्।

पोखरेलमाथि अनुसन्धान थालिए पनि अन्य व्यक्तिहरू भने पक्राउ परेका छैनन्। अन्य को को थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा ‘नेपालका लागि नेपाली’ले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि आक्रमण गरिएको थियो। कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा३ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि आक्रमण भएको थियो।

(https://www.speedclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ ः मुख्यमन्त्री कार्की
प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ ः मुख्यमन्त्री कार्की
नेताहरुका घरमा प्रहरीको छापा !
नेताहरुका घरमा प्रहरीको छापा !
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
परराष्ट्रमन्त्री पौड्यालद्वारा टर्कीएका विदेशमन्त्रीसँग टेलिफोन वार्ता
परराष्ट्रमन्त्री पौड्यालद्वारा टर्कीएका विदेशमन्त्रीसँग टेलिफोन वार्ता
महन्थ ठाकुर फकाउँदै देउवा, ३ मन्त्रालयमा चल्यो कुरा
महन्थ ठाकुर फकाउँदै देउवा, ३ मन्त्रालयमा चल्यो कुरा
को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?
को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?
मातृ तथा नवजात शिशु धनुष्टंकार उन्मूलनको निरन्तरता: नेपाललाई डब्ल्यूएचओको अन्तर्राष्ट्रिय सम्मान
मातृ तथा नवजात शिशु धनुष्टंकार उन्मूलनको निरन्तरता: नेपाललाई डब्ल्यूएचओको अन्तर्राष्ट्रिय सम्मान
३ करोड बक्यौता नतिरेपछि सौर्यको उडान बन्द
३ करोड बक्यौता नतिरेपछि सौर्यको उडान बन्द
पाईलटको लापरवाहीको कारण नेपाल वायु सेवा निगमको काठमाडौं–दिल्ली उडानमा यात्रुको चित्कार
पाईलटको लापरवाहीको कारण नेपाल वायु सेवा निगमको काठमाडौं–दिल्ली उडानमा यात्रुको चित्कार
सरकारको नीति र कार्यक्रम : के समाजवाद उन्मुखसम्बन्धी नीति परित्याग नै गरिएको हो ?
सरकारको नीति र कार्यक्रम : के समाजवाद उन्मुखसम्बन्धी नीति परित्याग नै गरिएको हो ?

तपाईंले छुटाउनुभयो कि?