चोरिएको मूर्ति तीन वर्षपछि फेला

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ६, २०७६
|
|
४३ पटक हेरिएको
Shares
चोरिएको मूर्ति तीन वर्षपछि फेला

सारांश

प्रसिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्य मूर्ति तीन वर्षपछि फेला परेको छ । मन्दिरबाट चोरिएको करिब १८ किलो चाँदीको दत्तात्रयको मुख्य मूर्ति खेतको आलीमा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

विसं २०७३ मङ्सिर ११ गते राति मन्दिरबाट मूख्य मूर्तिसहित दर्जनौँ बहुमूल्य मूर्ति चोरिएका थिए । आज बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु भन्ने ठाउँमा खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको हो । स्थानीय लोकेन्द्र हमालले खेतको आलीमा मूर्ति देखेपछि मन्दिर र प्रहरीलाई खबर गर्नुभएको थियो ।

मूर्ति भेटिएपछि प्रहरी घटनास्थल पुगेको छ । मुचुल्का उठाइसकेपछि मन्दिरमा पुनःस्थापनाका लागि तयारी गरिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका उपाध्यक्ष दयादत्त खत्रीले जानकारी दिनुभयो । मूर्ति चोरी हुँदा त्यसबेला जुम्लामा आन्दोलन चर्किएको थियो ।

अनुसन्धानका लागि केन्द्रीय प्रहरी जाँच ब्यूरो (सिआइबी) को छानबिन टोली गठन गरे पनि मूर्ति कसले चोरेको हो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन । मूर्ति चोरी भएको केही समयपछि अन्य मूर्तिहरु गुठीचौर गाउँपालिकाको देपालगाउँमा फेला परेका थिए । मुख्य मूर्ति भने भेटिएको थिएन । भेटिएको मूर्ति स्थानीयवासीले आजै बाजागाजासहित मन्दिरमा ल्याउने तयारी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश
पुनः हिन्दू राष्ट्र घोषणाका लागि राप्रपाले आगामी फागुन ७ गतेदेखि अभियान सुरू गर्ने
पुनः हिन्दू राष्ट्र घोषणाका लागि राप्रपाले आगामी फागुन ७ गतेदेखि अभियान सुरू गर्ने
गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री
गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री
रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज
रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज
दशैमा राजमार्गको सुरक्षा सशस्त्र प्रहरीले गर्ने
दशैमा राजमार्गको सुरक्षा सशस्त्र प्रहरीले गर्ने
सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो
सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
त्रिभुवन विमानस्थल अबदेखि २१ घण्टा चल्ने
त्रिभुवन विमानस्थल अबदेखि २१ घण्टा चल्ने
अम्मरबहादुर थापा, जो वडाध्यक्ष, उपप्रधानपञ्च, सभासद हुँदै प्रदेशसभा सदस्य बने
नयाँ वर्षमा जन्मिए १५ सय शिशु
नयाँ वर्षमा जन्मिए १५ सय शिशु

तपाईंले छुटाउनुभयो कि?