ओलीको उद्घोष : भ्रष्ट आचरणका नेता, कर्मचारी कसैलाई छाडिन्न

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ६, २०७४
|
|
६३ पटक हेरिएको
Shares
ओलीको उद्घोष : भ्रष्ट आचरणका नेता, कर्मचारी कसैलाई छाडिन्न

सारांश

  • काठमाडौं, ६ पुस ।
  •   एमाले अध्यक्ष केपी ओलीले आगामी सरकारले भ्रष्ट आचरणका नेता, कर्मचारी र व्यापारी कसैलाई पनि नछाड्ने बताएका छन् ।
  • राजधानीबाट निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन वाम गठबन्धनले बुधबार आयोजना गरेको कार्यक्रममा भावी सरकारको प्रमुख एजेण्डा नै भ्रष्टाचार नियन्त्रण र देशको समृद्वि गर्ने ओलीको उद्घोष छ ।

काठमाडौं, ६ पुस ।  एमाले अध्यक्ष केपी ओलीले आगामी सरकारले भ्रष्ट आचरणका नेता, कर्मचारी र व्यापारी कसैलाई पनि नछाड्ने बताएका छन् ।

राजधानीबाट निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन वाम गठबन्धनले बुधबार आयोजना गरेको कार्यक्रममा भावी सरकारको प्रमुख एजेण्डा नै भ्रष्टाचार नियन्त्रण र देशको समृद्वि गर्ने ओलीको उद्घोष छ ।

भावी सरकारको नेतृत्व गर्ने तयारीमा रहेका ओलीले अहिले देश निकै चुनौतीपूर्ण अवस्था रहेकाले भ्रष्टाचार निर्मूल गरी अघि बढ्न सबैलाई आग्रह समेत गरे ।

उनले प्रशासन चुस्त बनाई जनताको सेवामा समर्पित हुने उल्लेख गर्दै सांसदहरूलाई पार्टीको मर्म र अहिलेको चुनौती बुझेर काम गर्न निर्देशन दिएका छन् ।

‘इमानमा तलमाथि पाइए, स्वच्छतामा खोट भेटिए, कुनै लापरबाही फेला परे पार्टीलाई सह्य हुँदैन्, ओलीले भने, ‘हामी बहुमत चुनौतीपूर्ण अवस्थामा छौं, त्यसैले सबै क्षेत्रमा राम्रो काम गर्नुपर्नेछ ।’

‘देशमा भ्रष्टाचार नियन्त्रण कसरी हुन्छ, आगामी सरकारले देखाउँछ । कुनै सुनुवाइ हुने छैन,’ उनले भने, ‘राजनीति, कर्मचारी र बिजनेस सेक्टरलगायतमा हुने भ्रष्टाचारप्रतिको रबैया कडा हुनेछ । हामी पूर्ण भ्रष्टाचारमुक्त देश बनाउनेछौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति
झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति
सिरियाः विद्रोही समूहबीच झडप,१९ को मृत्यु
सिरियाः विद्रोही समूहबीच झडप,१९ को मृत्यु
बौद्ध धर्म श्रीलंका कसरी पुग्यो ?
बौद्ध धर्म श्रीलंका कसरी पुग्यो ?
जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !
जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !
बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता
बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता
पोल्ट्री व्यवसायी भन्दछन् : ‘व्यवसाय जोगाउने/समाप्त पार्ने भन्ने राज्यको हातमा छ’
पोल्ट्री व्यवसायी भन्दछन् : ‘व्यवसाय जोगाउने/समाप्त पार्ने भन्ने राज्यको हातमा छ’
देउता ‘खुसी पार्न’ छाउगोठ, ‘मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ’
देउता ‘खुसी पार्न’ छाउगोठ, ‘मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ’
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
राप्रपाको संकल्पपत्र : दश वर्षमा सबै नगर स्मार्ट सिटी
वीरगन्जमा आजदेखि ‘नो हर्न’ र ‘नो प्लास्टिक’ ! फोटोफिचर
वीरगन्जमा आजदेखि ‘नो हर्न’ र ‘नो प्लास्टिक’ ! फोटोफिचर

तपाईंले छुटाउनुभयो कि?