ओलीको बोली र व्यवहार फरकफरक

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २८, २०७७
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको तीन वर्ष बित्दानबित्दै संसद् विघटन गरेका छन्।
  • प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला त्यसबखत उनले व्यक्त गरेको धारणा अहिले सार्वजनिक भएको छ।
  • तत्कालीन सत्तासाझेदार नेकपा एमाले र माओवादी केन्द्रबीच सरकार सञ्चालनका विषयमा असन्तुष्टि बढ्दै गएका बेला संसद् विघटन हुने त होइन भन्ने आशंका प्रकट भएको थियो।

२०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको तीन वर्ष बित्दानबित्दै संसद् विघटन गरेका छन्। प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला त्यसबखत उनले व्यक्त गरेको धारणा अहिले सार्वजनिक भएको छ।

तत्कालीन सत्तासाझेदार नेकपा एमाले र माओवादी केन्द्रबीच सरकार सञ्चालनका विषयमा असन्तुष्टि बढ्दै गएका बेला संसद् विघटन हुने त होइन भन्ने आशंका प्रकट भएको थियो। त्यसलाई आश्वस्त पार्दै तत्कालीन अवस्थामा पनि प्रधानमन्त्री रहेका ओलीले आफूले संसद् विघटन नगर्ने बताएका थिए। ‘थुप्रै हल्लाका पछाडि पनि कुनै चर्चा चलेको मैले देखें। यहाँ छलफल हुँदा पनि हल्लाका कुरालाई आधार बनाएको देखियो,’ त्यसबखत ओलीले भनेका थिए, ‘संसद् विघटन गर्दैछन्, सरकारले संसद् विघटन गर्छ तर म संसद्लाई भन्न चाहन्छु, त्यस प्रकारको सोच छैन, संसद् भंग हुँदैन।’

संसद्को विश्वास कायम हुँदासम्म मात्र आफू प्रधानमन्त्रीमा कायम रहने अन्यथा तत्काल पद छाड्ने जिकिर गरेका थिए। ‘हामी संसद्मै बसेर संसदीय अभ्यास गर्छौं र संसद्का अभ्यासबाट अगाडि बढ्छौं,’ ओलीले भनेका थिए, ‘कमसे कम यो संसद्ले मलाई छानेर पठाएको छ। यहाँको अत्यधिक बहुमत प्राप्त गरेर म प्रधानमन्त्री भएको छु। यस संसद्ले जतिबेला मलाई प्रधानमन्त्री भइरहनु जरुरी छैन भन्छ, छोडिहाल्छु।’ संसद्लाई सर्वोपरि राखेर संसदीय प्रक्रियामार्फत जतिबेलासम्म प्रधानमन्त्री हुनू भन्छ त्यतिबेलासम्म हुने उनले दाबी गरेका थिए। नागरिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई महिनामा २० पटक हृदयघात भएकी बच्ची
दुई महिनामा २० पटक हृदयघात भएकी बच्ची
राजधानीमा पर्वतीय फिल्म फेस्टिभलको रौनकता
राजधानीमा पर्वतीय फिल्म फेस्टिभलको रौनकता
विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई
विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
आम्दालाई रु एक करोडको स्वास्थ्य उपकरण सहयोग
आम्दालाई रु एक करोडको स्वास्थ्य उपकरण सहयोग
इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए
इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
सरकारमा २ वर्ष विताइसकेका मन्त्रीलाई विदा दिने तयारी, को को हट्लान ?
सरकारमा २ वर्ष विताइसकेका मन्त्रीलाई विदा दिने तयारी, को को हट्लान ?
अमेरिका र चीनको व्यापार वार्ता सकारात्मक
अमेरिका र चीनको व्यापार वार्ता सकारात्मक

तपाईंले छुटाउनुभयो कि?