ओलीलाई प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेपछि आत्तिए प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ १७, २०८१
|
|
५२ पटक हेरिएको
Shares
ओलीलाई प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेपछि आत्तिए प्रचण्ड

सारांश

  • काठमाडौं ।
  • सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रधानमन्त्री बन्न’ प्रस्ताव गरेका छन् ।
  • देउवाको यस्तो प्रस्तावले अहिले राजनीतिमा तरंग ल्याएको छ ।

काठमाडौं । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रधानमन्त्री बन्न’ प्रस्ताव गरेका छन् । देउवाको यस्तो प्रस्तावले अहिले राजनीतिमा तरंग ल्याएको छ ।

शनिबार ओली निवास पुगेका देउवाले यस्तो प्रस्ताव गरेको स्रोतको दाबी छ । कांग्रेस नेतृसमेत रहेकी श्रीमती आरजु राणा देउवासहित पुगेका देउवाले बालकोटमा लामो छलफल गरेका थिए । ‘पछिल्लो राजनीतिका ’boutमा छलफल भयो,’ स्रोतले भन्यो, ‘देउवाले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन्, तर ओलीले दुई–तीन दिनमा छलफललाई निरन्तरता दिँदै निष्कर्षमा पुगौं भन्नुभयो ।’

ओली र देउवाबीच भएको गोप्य छलफलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले तनावमा रहेका छन् । प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाहिर रहेका बेला ओली र देउवाबीच छलफल भएको थियो । काठमाडौं आउनेबितिकै प्रचण्डले ओलीलाई भेट्ने प्रस्ताव गरे ।

प्रचण्डकै प्रस्तावमा आइतबार सिंहदरबारमा छलफल भयो । प्रचण्ड र ओलीबीच लामो समय छलफल भएको थियो । बीचमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने पनि मिसिएका थिए ।

‘भेटमा देउवासँग के छलफल भयो ? के कुराकानी भयो ?’ भन्ने जिज्ञसा प्रचण्डले ओलीसँग राखेका थिए । जवाफमा ओलीले देउवासँग सामान्य भेटवार्ता भएको र सत्ता गठबन्धनमा कुनै तलमाथि नहुने जवाफ दिएका थिए । टीआरसीसहित पछिल्लो राजनीतिका ’boutमा सामान्य छलफल मात्रै भएको ओलीको जवाफ भए पनि माओवादी केन्द्रका नेताहरू यसमा सन्तुष्ट छैनन् । आत्तिएका माओवादी केन्द्रका नेताहरूको बुझाइमा एमाले र कांग्रेसले मिलेर अहिलेको गठबन्धन भत्काउने र नयाँ गठबन्धन बनाएर सरकार बनाउने आँकलन छ ।

एमाले नेताहरूसँग ओली र देउवाबीच के छलफल भएको भन्ने ’boutमा कुरा बुझ्न प्रचण्डले अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मालाई खटाएका छन् । माओवादी केन्द्र र एमाले दुवैसँग दोहोरो छलफलमा रहेका देउवा संघीय सरकारका साथै प्रदेश सरकारमा सहभागी हुन गठबन्धन फुटाउनेगरी लागेका छन् ।

सिंहदरबारमा भएको छलफलमा ओलीले कांग्रेससँग सहकार्य नहुने र अहिलेकै गठबन्धन २०८४ सालको निर्वाचनसम्मै रहने बताएका थिए । उनले अहिलेको गठबन्धन कसिलो बनाउनुपर्नेमा जोड दिए । तर, पछिल्लो समय प्रचण्डसँग असन्तुष्ट ओलीले विभिन्न कारणले गठबन्धन हेरफेर गर्न खोजेका छन् ।

बजेटका साथै मुख्यसचिव, धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका विषयलाई लिएर ओली प्रचण्डसँग असन्तुष्ट छन् । उता, प्रचण्डले राजदूत नियुक्तिसहित अन्य विभिन्न विषयमा एमालेले किचलो गर्दै आएकामा असन्तुष्ट छन् । प्रचण्ड र ओलीबीचको दूरी बढ्दै गएका बेलामा देउवाले ओलीलाई भेट्नुलाई सत्ता गठबन्धन फेरबदर हुन लागेको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ । कतिपयले सोमबार प्रचण्ड र ओलीका बीचमा सत्ता गठबन्धनको विषयलाई लिएर आज (सोमबार) छलफल हुन लागेको बताउँछन् ।

कतिपयले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य नाइके बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेपछि कांग्रेस र एमाले नेतृत्व झस्किएको पनि भनेर विश्लेषण गर्न थालेका छन् । झा पक्राउ प्रकरणले गृहमन्त्री लामिछानेमाथि अनुसन्धान माथिल्लो तहसम्म पु¥याउनुपर्ने दबाब बढेको छ ।

लामिछाने यतिबेला आफ्नो साख बढाउनेगरी लागेको चर्चा छ । उनी भुटानी शरणार्थी प्रकरणमा हाई प्रोफाइलसम्म पुग्नेगरी अघि बढेका छन् । लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यही १८ असारमा हुँदै छ । उनीविरुद्ध परेको रिटमा गृहमन्त्रीबाट निलम्बनमा राखेर छानबिन गर्नुपर्ने माग राखिएको छ । त्यसैले, पनि १८ असारभन्दा अघि नै सत्ता गठबन्धनमा फेरबदर हुनसक्ने आशंकासमेत गरिएको छ ।

यसैबीच, ओलीले यथास्थितिमा मुलुक अगाडि जान सक्ने अवस्थामा नरहेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यथास्थितिमा मुलुक अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताए । अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री प्रचण्डलाई सानातिना नियुक्तिमा नअल्झिन र परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि बताए ।

उनले अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता भएको उल्लेख गरे । उनले उद्यमशीलता र व्यावसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताए । उनले गरिबीबाट माथि उठ्न मसिनो चामल नभई मोटो चामलकै भए पनि आफ्नै मुलुकमा उत्पादन बढाउनुपर्ने बताए ।

ओलीले प्रधानमन्त्री प्रचण्डलाई सानातिना नियुक्ति, सरुवा, बढुवातिर नअल्झिएर नीति निर्माणको पक्षमा कदम चालौं भन्दा सुनेको नसुन्यै गरेको समेत दाबी गरे । अध्यक्ष ओलीले अब कृषि क्षेत्रमा पर्खिने समय नरहेको बताए । अब गर्दै जाउँला भनेर नहुने उनको भनाइ छ ।

‘मैले प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु, हामी सानातिना नियुक्ति, सरुवा, बढुवातिर नअल्झिऔं, कुन क्षेत्रमा के कस्ता सुधार आवश्यक छ, परिवर्तन आवश्यक छ ? कस्ता नीति, कस्ता कदमहरू लिन जरुरी छ ? त्यसमा छलफल गरौं,’ ओलीले भने, ‘छलफल ग¥यो, सुन्यो, सिधियो, यो सप्ताह, पुराण सुनेजस्तो होइन, हात जोडेर एकाग्र चित्तले आँखा बन्द गरेर सुन्यो, सुनिसकेपछि सकियो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिस्टियानो रोनाल्डोले बनाए अर्को नयाँ रेकर्ड
क्रिस्टियानो रोनाल्डोले बनाए अर्को नयाँ रेकर्ड
यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमय दर
यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमय दर
बङ्गलादेशमा चीनले विकास गरिरहेको कोरोना भ्याक्सिनको परिक्षणको पहल
बङ्गलादेशमा चीनले विकास गरिरहेको कोरोना भ्याक्सिनको परिक्षणको पहल
भरतपुर महानगरपालिकाको मतगणना सुरु
भरतपुर महानगरपालिकाको मतगणना सुरु
जिसस निर्वाचनमा चुनावी तालमेल गर्ने सत्तारुढ दलबीच सहमति
जिसस निर्वाचनमा चुनावी तालमेल गर्ने सत्तारुढ दलबीच सहमति
नेपाल पर्यो तीव्र आर्थिक वृद्धि हुने देशमा,  प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि
नेपाल पर्यो तीव्र आर्थिक वृद्धि हुने देशमा, प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि
नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिका रहने छ,नवराज सिलवाल’
नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिका रहने छ,नवराज सिलवाल’
एमाले–माओवादी केन्द्रको एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोकाको भाकल ?
एमाले–माओवादी केन्द्रको एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोकाको भाकल ?
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार

तपाईंले छुटाउनुभयो कि?