ताप्लेजुङमा किसानलाई अलैँची टिप्ने चटारो

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन ३०, २०७४
|
|
४९ पटक हेरिएको
Shares
ताप्लेजुङमा किसानलाई अलैँची टिप्ने चटारो

सारांश

  • ताप्लेजुङ, ३० असोज   यहाँका किसानलाई यतिवेला अलैँची टिप्ने चटारो छ ।
  • जिल्लाको माथिल्लो भेगका कृषकको दैनिकी अचेल अलैँची बगानमै बितिरहेको छ ।
  • स्थानीय मजदुरलाई पनि भ्याईनभ्याई छ ।

ताप्लेजुङ, ३० असोज   यहाँका किसानलाई यतिवेला अलैँची टिप्ने चटारो छ ।

जिल्लाको माथिल्लो भेगका कृषकको दैनिकी अचेल अलैँची बगानमै बितिरहेको छ । स्थानीय मजदुरलाई पनि भ्याईनभ्याई छ । ताप्लेजुङमा बेँसीदेखि लेकसम्म नै अलैँचीखेती हुने भएकाले सबैतिर एकै समयमा पाक्दैन । छिमेकी जिल्ला पाँचथर, तेह्रथुम, इलाममा पनि उस्तै छ ।

“अरुतिर तिहारको रमझम होला तर हामीलाई चाडपर्व राम्रोसँग मान्ने अहिले फुर्सद छैन”, बगानभित्र अलैँची टिपिरहेका सिरिजंघा–७ खेवाङका यमनाथ सिग्देलले भन्नुभयो ।

सिदिङ्वा गाउँपालिकाको सुरुम्खिममा अलैँचीखेती गरिरहेका राजकुमार भट्टराईलाई पनि अलैँची टिप्न भ्याईनभ्याई छ । यसपालीको तिहार अलैँची तिप्नमै वित्ने उहाँ बताउनुहुन्छ ।

अर्का कृषक रामकुमार पुर्कुटी भन्नुहुन्छ, “दिनभर अलैँची टिप्छौँ, रातमा छोडाउँछौँ । भट्टि पनि यहीँ लगाउँछौँ ।”

यहाँका सबै अलैँची कृषक बिहान उठ्नेबित्तिकै बगानतिर जान्छन् अनि साँझ परेपछि अलैँचीले भरिएको डोको, बोरा बोकेर खेतालासँगै घर या जंगलमै बनाइएको अस्थायी वासस्थानतर्फ फर्कन्छन् । तर अरुबेला सुनसान रहने बगानमा अहिले काम गर्नेको भीडभाड छ ।

कृषकलाई कामदारको समेत अभाव छ । एकातिर गाउँमा काम गर्ने युवाको कमी छ अर्कातिर चाडपर्वले गर्दा झनै कामदार पाउन मुस्किल छ । कामदारको अभाव वर्षेनी बढ्दै गएकाले ज्याला पनि बढ्दो छ । ज्यालामा एकरुपता छैन ।

वर्षेनी गाउँबाट युवा विदेशिएकाले पर्याप्त कामदार पाउन मुस्किल हुने गरेको बगानमा काम गरिरहेका कृषक जितबहादुर लिम्बू बताउनुहुन्छ । पुरुष कामदारको अभाव हुँदै गएपछि महिलाले पनि अलैँची बगानमै बसेर काम गर्न थालेका छन् । पहिले महिलाले अलैँची फाँड्ने, टिप्नेजस्ता काम गर्दैनथिए । अहिले पुरुष कामदार पाउन छाडेपछि महिलालाई पनि ज्याला दिएर काममा लगाउने गरिएको छ ।

ओलाङ्चुङ्गोला बाहेक सबै क्षेत्रको चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिन्छ । गत वर्ष दुई हजार ४१० टन अलैँची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अलैँची पहाडी क्षेत्रको मुख्य नगदेबाली हो । तर पछिल्लो समयमा अलैँचीको बजार र मूल्यमा कमी आएपछि किसान चिन्तित छन् । मूल्य बढेसँगै धान, कोदो, मकै फल्ने खेतबारी मासेर अलैँचीखेती गर्न थालेका किसानले उचित मूल्य नपाएपछि चिन्तित बनेका हुन् । (तस्वीर उपलब्ध छ)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको पदमा विवाद : लिएनन् तीन जिल्ला सचिवले सपथ
नेकपाको पदमा विवाद : लिएनन् तीन जिल्ला सचिवले सपथ
7 Natural Beauty Tips
7 Natural Beauty Tips
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
प्रतिनिधिसभा बैठकमा सांसदलाई आफ्नै क्षेत्रको चिन्ता
प्रतिनिधिसभा बैठकमा सांसदलाई आफ्नै क्षेत्रको चिन्ता
मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने
मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने
विश्वकप फुटबल २०१८: क्वार्टरफाइनलमा कसको भेट को सँग? कहिले?
विश्वकप फुटबल २०१८: क्वार्टरफाइनलमा कसको भेट को सँग? कहिले?
पदभार ग्रहण गर्दै मन्त्री गुरुङले भने :  कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु
पदभार ग्रहण गर्दै मन्त्री गुरुङले भने : कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु
नेपालका एकल महिलाको सफलताबाट हौसीइन इटालीकी मारिया भर्जिनिया पिसबिन
नेपालका एकल महिलाको सफलताबाट हौसीइन इटालीकी मारिया भर्जिनिया पिसबिन
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)

तपाईंले छुटाउनुभयो कि?