ओलीलाई भित्रैबाट भयः एकता हुँदा किन गाह्रो ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २३, २०७४
|
|
३८ पटक हेरिएको
Shares
ओलीलाई भित्रैबाट भयः एकता हुँदा किन गाह्रो ?

सारांश

  • काठमाडौं, पुस २३ ।
  • एमाले र माओवादी केन्द्रको एकतापछि प्रचण्डलाई पार्टीको जिम्मा दिँदा केपी ओली पक्षेले देखेको ठूलो भय हो, माधव नेपाल, वामदेव गौतम आदि मिलेर पार्टीमा आफैंलाई अल्पमतमा पार्न सक्ने सम्भावना ।
  • त्यसैले ओली र प्रचण्ड दुवैले सन्यास लिनुपर्ने योगेश भट्टराईको भनाइ र जनताको बहुदलीय जनवादको अध्याय सकिएको भन्ने घनश्याम भुसालका अभिव्यक्तिलाई एमाले नेतृत्वले सामान्य रुपमा लिएको छैन ।

काठमाडौं, पुस २३ । एमाले र माओवादी केन्द्रको एकतापछि प्रचण्डलाई पार्टीको जिम्मा दिँदा केपी ओली पक्षेले देखेको ठूलो भय हो, माधव नेपाल, वामदेव गौतम आदि मिलेर पार्टीमा आफैंलाई अल्पमतमा पार्न सक्ने सम्भावना ।

त्यसैले ओली र प्रचण्ड दुवैले सन्यास लिनुपर्ने योगेश भट्टराईको भनाइ र जनताको बहुदलीय जनवादको अध्याय सकिएको भन्ने घनश्याम भुसालका अभिव्यक्तिलाई एमाले नेतृत्वले सामान्य रुपमा लिएको छैन । माधव नेपाल पक्षधर नेताहरुले माओवादी नेतृत्वसँग गरेको उठबसलाई साँठगाँठका रुपमा ओली पक्षधरले बुझेका छन् ।

त्यसमाथि ओली कहाँ गएर ‘हामीले यत्रो दुःख गरेको पार्टीलाई थपक्क प्रचण्डलाई बुझाउन कसरी सकिन्छ’ भन्ने, उता प्रचण्ड कहाँ गएर ‘तपाईं कसरी सह–अध्यक्षमा चित्त बुझाउने, अध्यक्ष नै बन्नुपर्छ, तपाईंको पछाडी हामी छौं’ भन्दै एकताको पक्षमा भूमिका खेलेजस्तो देखाउने नेपाल खेमाको शैलीले आफ्नै पार्टीभित्र प्रतिकुल वातावरण बनेको आभास ओलीलाई भएको छ ।

पहिला पार्टी एकीकरण गरेर सरकार निर्माणको प्रक्रियामा जाँदा संसदीय दलमा आफैंलाई अल्पमतमा पार्ने कोसिस हुन सक्ने ओलीले ठानेका छन् । त्यसमाथि प्रचण्ड र नेपाल दुवै नेता पार्टीभित्रका दुई धारलाई भीडाएर आफू नेता बनिरहन खोज्ने शैलीका कारण परिचित त छँदै छन् ।

अर्कोतिर, एमालेमा आफूलाई ओलीको उत्तराधिकारी दाबी गर्ने महासचिव ईश्वर पोखरेल माओवादीलाई चिढ्याउने र ओलीविरुद्व ‘पोजिसन’ लिने अवस्था सिर्जना गर्न पुगे । पोखरेलको रुखो अभिव्यक्ति आएपछि माओवादीले यसलाई ओलीकै अभिव्यक्तिका रुपमा बुझें ।

पोखरेलले चाहिँ प्रचण्ड पार्टीमा आएपछि उत्तराधिकारी हुने सपना तुहिने र त्यो ठाउँमा प्रचण्ड पुग्न सक्ने भएकाले पार्टी एकीकरण नहुँदामै आफ्नो फाइदा देखेका हुन सक्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर
ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर
नेकपा अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा चयन
नेकपा अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा चयन
उपभाेक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु
उपभाेक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु
आजदेखि काठमाडौँ उपत्यकामा स्मार्ट लकडाउन
सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु
‘नेपालीकै नेतृत्वमा संक्रमणकालीन न्याय टुंगो लगाऊ’
‘नेपालीकै नेतृत्वमा संक्रमणकालीन न्याय टुंगो लगाऊ’
मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)
मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)
यी हुन् सुन तस्करी प्रकरणमा पक्राउ परेका १० जना (नामावलीसहित)
यी हुन् सुन तस्करी प्रकरणमा पक्राउ परेका १० जना (नामावलीसहित)
सञ्चारमन्त्री शर्माद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त
सञ्चारमन्त्री शर्माद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त
जेष्ठ ३१ मा निर्वाचन नहुने  ,दोस्रो चरणको निर्वाचन  ९ असारमा !
जेष्ठ ३१ मा निर्वाचन नहुने ,दोस्रो चरणको निर्वाचन ९ असारमा !

तपाईंले छुटाउनुभयो कि?