ओलीले भने कांग्रेस म्याद गुज्रिएको औषधि हो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
५२ पटक हेरिएको
Shares
ओलीले भने  कांग्रेस म्याद गुज्रिएको औषधि हो

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई म्याद गुज्रिएको औषधिको संज्ञा दिएका छन् ।
  • प्रेस चौतारी झापाले शुक्रबार दमकस्थित ओली निवासमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष ओलीले म्याद सकिएको औषधि सेवन गरे स्वस्थ मानिस पनि बिरामी बताए ।
  • उनले कांग्रेस अब काम नलाग्ने पार्टी भएको टिप्पणी गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई म्याद गुज्रिएको औषधिको संज्ञा दिएका छन् ।प्रेस चौतारी झापाले शुक्रबार दमकस्थित ओली निवासमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष ओलीले म्याद सकिएको औषधि सेवन गरे स्वस्थ मानिस पनि बिरामी बताए । उनले कांग्रेस अब काम नलाग्ने पार्टी भएको टिप्पणी गरे । हिजोका दिनमा वीपी, गणेशमानजस्ता नेताले लोकतन्त्रको पक्षमा लडे पनि अहिलेको कांग्रेस व्यक्तिगत स्वार्थमा फसेको अध्यक्ष ओलीको आरोप छ ।

मंसिर २१ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट बिहीबार उम्मेदवारी दिएका नेता ओलीले मुलुकमा संसदीय होस या अरु जुनसुकै व्यवस्था भए पनि मुलुकको समृद्धि, विकास जनताको सुरक्षा र शान्ति अमनचयन नेपाली जनतालाई दिनुपर्ने बताए । उनले देश बनाउन संकल्प, नीति, कार्यक्रम र निष्ठा आवश्यक हुने बताए ।

नेता ओलीले आफू सरकारमा रहेका बेला वैदेशिक रोजगारीमा जाने युवाको संख्या १८ प्रतिशत घटेको उल्लेख गर्दै अब वाम गठबन्धनले जितेपछि वैदेशिक रोजगारीलाई कम गर्दै शून्यमा झार्ने दाबी गरे । अब हुने निर्वाचन भयरहित र निष्पक्ष हुनपर्ने अध्यक्ष ओलीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक गरिने
बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक गरिने
सुर्य चिन्ह नपाए आँधीवेहरी ल्याउने प्रचण्डको चेतावनी
सुर्य चिन्ह नपाए आँधीवेहरी ल्याउने प्रचण्डको चेतावनी
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
एकीकृत समाजवादीको अध्यक्ष र महासचिवमा को ? यस्ता छन्, दाबेदार
एकीकृत समाजवादीको अध्यक्ष र महासचिवमा को ? यस्ता छन्, दाबेदार
गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु
गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु
एनसेललाई डाटा शुल्कबारे स्पष्टीकरण, बिलिङ प्रणाली अडिट गर्न प्राधिकरणको निर्देशन
एनसेललाई डाटा शुल्कबारे स्पष्टीकरण, बिलिङ प्रणाली अडिट गर्न प्राधिकरणको निर्देशन
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
देउवाज्यू, प्रचण्डका प्रिय ‘भीआइपी अभियुक्त’ कहिले जान्छन् जेल ?
देउवाज्यू, प्रचण्डका प्रिय ‘भीआइपी अभियुक्त’ कहिले जान्छन् जेल ?

तपाईंले छुटाउनुभयो कि?