ओली चीन जाँदै, मिति तय गर्न दुवै देशका राजदुतलाई हम्मे हम्मे !
सारांश
- काठमाडौं, ९ जेठ ।
- पहिलो विदेश भ्रमण भारत गरेका प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणमा जाने भएका छन ।
- प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमण भारत गरेका ओलीको अब चीन यात्रा दोस्रो हुनेछ ।
काठमाडौं, ९ जेठ । पहिलो विदेश भ्रमण भारत गरेका प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणमा जाने भएका छन ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमण भारत गरेका ओलीको अब चीन यात्रा दोस्रो हुनेछ । हुन त ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमण चीनबाट सुरु गर्ने बुझिएको थियो । तर, ओलीले पहिलो भ्रमण भारतबाटै गरे ।
प्रधानमन्त्री ओलीले हालै संघीय संसदलाई सम्बोधन गर्दै आफू चीन जाने घोषणा गसिकेका छन् । तर, मिति भने अहिलेसम्म तय भएको छैन् । ओलीले भ्रमणको मिति नतोकि चीन जान्छु भनेपछि नेपालका लागि चीनीयाँ राजदुत र चीनका लागि नेपाली राजदुतलाई यतिवेला हम्मेहम्मे परेको छ ।
प्रधानमन्त्री ओलीले एक्कासी चीन भ्रमणमा जाने घोषणा गरेपछि विभागीय मन्त्री परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई समेत निकै गाह्राे परेको छ । ज्ञवालीले चीनका लागि नेपाली राजदुत लिलामणि पौडेललाई समेत नेपाल बोलाएर भ्रमणको चाँचोपाँचो मिलाउन आग्रह गरेका छन् । दुवै देशका राजदुतहरु प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय गर्न व्यस्त छन् ।
ओली जेठ १५ गते बजेट आएपछि चीन भ्रमणमा जाने बुझिएको छ । गत चैत २३ गते भारत भ्रमणमा निस्किएका ओली तीन दिने भ्रमण पूरा गरी नेपाल फर्किएका थिए । ओली चीन भ्रमणमा जाने भएपछि परराष्ट्र मन्त्रालयले पनि तिव्र रुपमा तयारी थालेको स्राेतले बतायाे ।
प्रधानमन्त्री बनेपछि दक्षिण छिमेकबाट विदेश भ्रमण सुरु गर्ने परम्परा जोगाउँदै ओलीले २३–२५ चैत्रमा भारत भ्रमण सम्पन्न गरिसकेका छन् । ओलीको चीन भ्रमणको तयारी पनि गर्ने उद्देश्यले यसअघि नै परराष्ट्र मन्त्री ज्ञवालीले बेइजिङको भ्रमण गरेका थिए ।
प्रतिक्रिया