ओली-दाहाल भेट सम्पन्न, मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे दाहाल रुष्ट

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २६, २०७७
|
|
६३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २६ असोज ।
  • सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ ।
  • आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले ल्याएको अविश्वासको प्रस्ताव फिर्ता लिनेगरि निर्देशन दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

काठमाडौं, २६ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले ल्याएको अविश्वासको प्रस्ताव फिर्ता लिनेगरि निर्देशन दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

दाहालले पार्टी एकताका कार्यभार पूरा नहुँदै विगतको सहमति नै तोड्नेगरि कदम चाल्न नहुने धारणा राखेकाथिए । उनले ओलीसमक्ष शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राखेका थिए । दाहालको भनाई थियो,‘कर्णालीमा पछिल्लो समय जे भैरहेको छ, त्यसले पार्टी एकता प्रक्रिया भाँड्ने काम भयो । पार्टी एकताका बेला गरिएको सहमतिबाट ब्याक हुन पाईँदैन् । कर्णालीको कुरा मिलाउँ । सबैलाई निर्देशन दिएर ब्याक गराउन लगाउनुहोस् ।’ त्यस्तै, अध्यक्षद्धयबीच मन्त्रिमण्डल पूनर्गठनबारे पनि छलफल भएको थियो । तर, दशैंअघि मन्त्रिमण्डल पूनर्गठन नगर्ने निश्कर्षमा प्रधानमन्त्री ओली पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुँजीगत खर्च वृद्धि नभएकामा सर्वत्र चिन्ता र चासो
बंगलादेशमा फेरि प्रदर्शन चर्कियो: देशभर कर्फ्यु, इन्टरनेट बन्द
बंगलादेशमा फेरि प्रदर्शन चर्कियो: देशभर कर्फ्यु, इन्टरनेट बन्द
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन
भ्रष्टाचारीलाई कार्वाहीको सिफारिस गर्न नेकपाका सदस्यलाई प्रधानमन्त्री ओलीको निर्देशन
भ्रष्टाचारीलाई कार्वाहीको सिफारिस गर्न नेकपाका सदस्यलाई प्रधानमन्त्री ओलीको निर्देशन
प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल
प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित  २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
आजको मौसम कस्तो रहनेछ ?
आजको मौसम कस्तो रहनेछ ?
फ्रान्समा छात्रालाई विद्यालयभित्र बुर्काजस्तै देखिने पोसाक अबाया लगाउन प्रतिबन्ध
फ्रान्समा छात्रालाई विद्यालयभित्र बुर्काजस्तै देखिने पोसाक अबाया लगाउन प्रतिबन्ध
प्रधानमन्त्री केपी शर्मा ओली अब एक्सनको तयारीमा
प्रधानमन्त्री केपी शर्मा ओली अब एक्सनको तयारीमा
सौराहामा हात्तीको वनभोज
सौराहामा हात्तीको वनभोज

तपाईंले छुटाउनुभयो कि?