ओली नेतृत्वको सरकारकै पालमा काठमाडौं–केरुङ रेल्वे निर्माण हुन्छ -चिनियाँ मुखपत्र

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
ओली नेतृत्वको सरकारकै पालमा काठमाडौं–केरुङ रेल्वे निर्माण हुन्छ  -चिनियाँ मुखपत्र

सारांश

  • काठमाडौं,  ४ पुस – चीनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अगामी सरकारको पालामा केरुङ–काठमाडौं रेलमार्ग निर्माणले तीब्रता पाउने जनाएको छ ।
  • भारतले  वाम गठबन्धनलाई चीनको सहयोग रहेको भनेर भ्रम फैलाएको भन्दै चिनियाँ अखवारले आक्रोश पनि पोखेको छ ।
  • चिनियाँ अखवार ग्लोवल टाइम्समा मंगलबार प्रकाशित एक समाचार अनुसार नेपालको एक असल मित्रका रुपमा चीनले विकास र समृद्धितर्फका ओलीका योजनामा सहयोग गर्ने बताइएको छ ।

काठमाडौं,  ४ पुस – चीनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अगामी सरकारको पालामा केरुङ–काठमाडौं रेलमार्ग निर्माणले तीब्रता पाउने जनाएको छ । भारतले  वाम गठबन्धनलाई चीनको सहयोग रहेको भनेर भ्रम फैलाएको भन्दै चिनियाँ अखवारले आक्रोश पनि पोखेको छ ।

चिनियाँ अखवार ग्लोवल टाइम्समा मंगलबार प्रकाशित एक समाचार अनुसार नेपालको एक असल मित्रका रुपमा चीनले विकास र समृद्धितर्फका ओलीका योजनामा सहयोग गर्ने बताइएको छ । नेपाल र चीनलाई रेलसँग जोड्ने ओलीको महत्वाकाँक्षी परियोजना अघि बढाउनेसँगै अरनिको राजमार्ग, स्याप्रुवेंशी–रसुवागढी मार्गको स्तरोन्नति गर्ने र खासा–तातोपानीमा सुख्खा बन्दरगाह बनाउने परियोजना पनि तीब्र गतिमा अघि बढाउने बताएको हो ।

ओलीको नेतृत्वमा अव बन्ने सरकारलाई  विनाशर्त चीनको पूर्ण सहयोग रहने समाचारमा उल्लेख छ । साथै भारतलाई पनि नेपालको विकासमा सहयोग गर्न चीनसँग सहकार्य गर्न आग्रह गरिएको छ । ‘भारतले जिरो–सम’ सोचाई छाडेर भारतले नेपालको विकासका लागि चीनसँग सहकार्य गर्नुपर्छ । नेपालले पनि स्वतन्त्र रुपमा अघि बढ्नुपर्छ’ अखवारले लेखेको छ ।

ओली नेतृत्वको एमालेले नेपालका लागि राम्रो गरेकाले नेपाली जनताले त्यसै अनुसार मत दिएको भन्दै विकास र समृद्धिका लागि अव उपयुक्त समय आएको पनि समाचारमा बताइएको छ ।

नेपालले अव सबैभन्दा पहिलो ‘प्रो नेपाल’ हुनुपर्ने भन्दै चीन र भारतबिरुद्ध कुनै कार्ड प्रयोग गर्न नहुने सुझाव पनि नयाँ सरकारलाई दिएको छ । ‘नेपालले दुई बिशाल छिमेकीबीच बृहत सन्तुलनमार्फत मात्र आफ्नो राष्ट्रिय स्वार्थलाई अधिकतम संरक्षण गर्न सक्छ’ अखवारले भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सलमान खानको हत्या योजनाको यसरि भयो खुलासा,  यि हुन योजनाकार
सलमान खानको हत्या योजनाको यसरि भयो खुलासा, यि हुन योजनाकार
सुरक्षा ‘संवेदनशील’ रहेका १७ जिल्लामा निर्वाचन आयोगको केन्द्रीय अनुगमन टाेली
सुरक्षा ‘संवेदनशील’ रहेका १७ जिल्लामा निर्वाचन आयोगको केन्द्रीय अनुगमन टाेली
प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले पेन्सन बढ्ने
प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले पेन्सन बढ्ने
प्रदीप खड्का र आना शर्मा बने नेपालको सद्भावना दूत: दिल्लीमा चलचित्र प्रवर्द्धनको नयाँ जिम्मेवारी
प्रदीप खड्का र आना शर्मा बने नेपालको सद्भावना दूत: दिल्लीमा चलचित्र प्रवर्द्धनको नयाँ जिम्मेवारी
कांग्रेसमा आधा दर्जन गुट, दर्जन उपगुट
गजुरेलको गर्जन : हिजोको घट्ना दोहोर्याए सरकारको खैरियत छैन्
गजुरेलको गर्जन : हिजोको घट्ना दोहोर्याए सरकारको खैरियत छैन्
देशभर ९ सय जनप्रतिनिधी रिक्त, उपनिर्वाचन किन गरिएन ?
देशभर ९ सय जनप्रतिनिधी रिक्त, उपनिर्वाचन किन गरिएन ?
कारागारकाे निरिक्षण गर्दै मन्त्री श्रेष्ठले भने-‘खुल्ला कारागारकाे अभ्यास गर्नुपर्छ’
कारागारकाे निरिक्षण गर्दै मन्त्री श्रेष्ठले भने-‘खुल्ला कारागारकाे अभ्यास गर्नुपर्छ’
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…
प्रधानन्यायाधीश राणाले शुरु गरे निगरानीको काम
प्रधानन्यायाधीश राणाले शुरु गरे निगरानीको काम