ओली नेपाल सम्बन्ध सुमधुरतर्फ, मंसीर पहिलो साता मन्त्रिपरिषद हेरफेर हुँदा यी बन्न सक्छने मन्त्री

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
३९ पटक हेरिएको
Shares
ओली नेपाल सम्बन्ध सुमधुरतर्फ, मंसीर पहिलो साता मन्त्रिपरिषद हेरफेर हुँदा यी बन्न सक्छने मन्त्री

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबारबाट सम्बन्ध सुमधुर बनेको छ ।
  • निकै लामो समयदेखि पानी बाराबारको अवस्थामा रहेका नेताद्वय बुधबारदेखि सुमधुर सम्बन्धतफ अघि बढेको बालुवाटार स्रोतले जनाएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई बुधबार निवासमै बोलाएर लञ्च गराए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबारबाट सम्बन्ध सुमधुर बनेको छ । निकै लामो समयदेखि पानी बाराबारको अवस्थामा रहेका नेताद्वय बुधबारदेखि सुमधुर सम्बन्धतफ अघि बढेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई बुधबार निवासमै बोलाएर लञ्च गराए । अध्यक्ष ओली र नेता नेपालबीच करिब चार घण्टा लामो सम्वाद भएको थियो । स्रोतका अनुसार समग्र रुपमा उनीहरुबीच पार्टी सञ्चालन, भारतसँगको सीमा विवादको समाधान र मन्त्रिमण्डल हेरफेरबारेसमेत कुराकानी भएको थियो । मन्त्रिमण्डल पूनर्गठनबारे आफूसँगपनि सहमति लिन नेता नेपालले आफ्नो अडान राख्दै आएका छन् ।

सम्भवतः ओलीले मंसिर पहिलो साताभित्रै मन्त्रीहरु हटाउने र लगत्तै नयाँ मन्त्रिमण्डल गठन गर्ने भएका छन् । यसको लागि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सहमति लिइसकेका छन् । यो पटक मन्त्रीमा नयाँ अनुहार पनि समावेश हुने बुझिएको छ ।

नेता नेपालको तर्फबाट भने सुरेन्द्र पाण्डे र भीम रावलको नाम अग्रपँत्तिमा छ । नेकपाभित्रै नेता रावललाई मन्त्री बनाउनुपर्ने आवाज उठ्दै आएको छ । अर्का बौद्धिक नेता घनश्याम भुषाललाई पनि यो पटक ओली र नेता नेपालले मन्त्री बनाउने तयारी गरेका छन् ।

हिजो बालुवाटारमा भएको छलफलमा नेता नेपालले नेता रावलको नाम पटक पटक लिएका थिए । रावललाई महत्वपूर्ण मन्त्रालय दिन सक्ने बालुवाटार स्रोतको दाबी छ । File Photo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरजिल्ला यु–१६ क्रिकेटको उपाधि नवलपुरलाई
अन्तरजिल्ला यु–१६ क्रिकेटको उपाधि नवलपुरलाई
भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
मल बन्दरगाहमै थन्कियो
मल बन्दरगाहमै थन्कियो
एक दर्जन प्रत्यक्षदर्शी सबैले नानाको पक्षमा बयान दिए, तनुश्रीको आरोप प्रमाणित भएन
एक दर्जन प्रत्यक्षदर्शी सबैले नानाको पक्षमा बयान दिए, तनुश्रीको आरोप प्रमाणित भएन
सज्जा चौलागाई बनिन् तेस्रो नेपाल आइडल
सज्जा चौलागाई बनिन् तेस्रो नेपाल आइडल
सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ
सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ
सुशासनका लागि कर्मचारीतन्त्र बाधक स् मुख्यमन्त्री गुरुङ
सुशासनका लागि कर्मचारीतन्त्र बाधक स् मुख्यमन्त्री गुरुङ
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
सहकारीको बचत ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थप्ने तयारी
सहकारीको बचत ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थप्ने तयारी
पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु
पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु