ओली-प्रचण्ड शितयुद्ध चर्कियो, मुलुकमा ठुलो मुठभेडको खतरा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ६, २०७७
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदै पक्ष विपक्षबीच धम्कीको राजनीति शुरु भएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको दाहाल नेपाल समूहका अध्यक्षहरु प्रचण्ड र माधवकुमार नेपालले मुठभेडको भाषा प्रयोग गर्न थालेका छन् ।
  • अहिले शितयुद्धको अवस्था उत्कर्षमा पुगेर मुठभेडमा पुग्ने अवस्था बन्दै गएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदै पक्ष विपक्षबीच धम्कीको राजनीति शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको दाहाल नेपाल समूहका अध्यक्षहरु प्रचण्ड र माधवकुमार नेपालले मुठभेडको भाषा प्रयोग गर्न थालेका छन् । अहिले शितयुद्धको अवस्था उत्कर्षमा पुगेर मुठभेडमा पुग्ने अवस्था बन्दै गएको छ ।

प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा रहेका न्यायाधीसहरुलाई भेटेको खुलासा भएपनि उनले त्यसलाई अस्वीकार गरेका छन् । मुद्दालाई प्रभावित पार्न खोजेको आरोप ओलीमाथि छ । निर्वाचन आयोगलाई समेत प्रभावित पारेर निर्णय आफ्नो पक्षमा ल्याउन लागिपरेको आरोप लागेको छ ।

ओलीमाथि दबाब बढाउन प्रचण्ड र माधवकुमार नेपालले पनि आँधीबेहरी ल्याउने चेतावनी दिइसकेका छन् । संविधान बचाउन प्रतिनिधि सभाको पुनःस्थापनाको विकल्प छैन र यसका लागि जुनसुकै कठोर कदमका लागि तयार हुनुपर्छ भन्ने सन्देश प्रचण्डले दिइरहेका छन् । उनले गणतन्त्र जोगाउन जुनसुकै मूल्य चुकाउने चेतावनी दिएबाट देशमा ठुलै मुठभेडको खतरा बढेर गएको छ । पार्टी कार्यकर्तालाई आक्रामक बन्न निर्देशन दिएका छन् ।

प्रचण्डले अब आन्दोलन शाकाहारी नहुने भनेका छन् । आइतबार युवाविद्यार्थीको भेलालाई सम्बोधन गर्दै सिंह जस्तै गर्जने गरी आन्दोलन गर्ने बताए । लाठी खान पनि आफू तयार हुने बताए । माधवकुमार नेपालले सुनामी ल्याउने चेतावनी दिइसकेका छन् । उनले अब आन्दोलनको आँधीबेहरी ल्याउने भनेका छन् । प्रचण्डले ओलीका कारण गणतन्त्र नै सखाप हुने देखेर जीवन र मरणको लडाईं लड्ने सन्देश दिएका छन् । उनको पछिल्लो अभिव्यक्ति लाठी खान तयार रहेको र मर्न तयार रहेको सम्मको छ । यो आफैमा ठुलो मुठभेडको संकेत हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरक्ष महायज्ञबाट बेवारिसे गाईबाच्छाका लागि ६७ लाख सङ्कलन
गोरक्ष महायज्ञबाट बेवारिसे गाईबाच्छाका लागि ६७ लाख सङ्कलन
भिमाद नगरपालिका को उदयमान गायक एल्विन थापा मगर
भिमाद नगरपालिका को उदयमान गायक एल्विन थापा मगर
रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी
रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी
नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा
नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा
भाइटीकाको साईत ११ बजेर५५ मिनेटको
भाइटीकाको साईत ११ बजेर५५ मिनेटको
एक लाख ३५ हजार भारुमा १७ वर्षीया युवतीलाई बेच्ने युवक पक्राउ
एक लाख ३५ हजार भारुमा १७ वर्षीया युवतीलाई बेच्ने युवक पक्राउ
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
चुनावी हारमा एमालेको समीक्षाः बामपन्थीसँग मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव
चुनावी हारमा एमालेको समीक्षाः बामपन्थीसँग मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव
पुरातात्विक स्थलको संरक्षणमा लाग्छु – प्रदेश उम्मेद्वार वसन्त मानन्धर
पुरातात्विक स्थलको संरक्षणमा लाग्छु – प्रदेश उम्मेद्वार वसन्त मानन्धर
बालबालिकालाई संघीयता आएन, ६० हजार स्कुल जान्नन् : शिक्षामन्त्री पोखरेल

तपाईंले छुटाउनुभयो कि?