ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २३, २०७७
|
|
४७ पटक हेरिएको
Shares
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच केन्द्र देखि प्रदेशसम्म समिकरणको तयारी भएको छ ।
  • दुई नेताबीच केन्द्र सरकारले गर्ने नियुक्ति देखि प्रदेश सरकारमा समेत समिकरण बनाएर जाने तयारी भएको हो ।
  • यसका लागि दुवै नेताबीच नियमित छलफल भइरहेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच केन्द्र देखि प्रदेशसम्म समिकरणको तयारी भएको छ । दुई नेताबीच केन्द्र सरकारले गर्ने नियुक्ति देखि प्रदेश सरकारमा समेत समिकरण बनाएर जाने तयारी भएको हो । यसका लागि दुवै नेताबीच नियमित छलफल भइरहेको बुझिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी विभाजनसँगै प्रदेश १ र बागमती प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । त्यसलाई असफल बनाउन ओलीले देउवासँग सहयोग मागेका छन् । दुवै नेताबीच राजनीतिक भागवण्डाबाट समिकरणको तयारी भएको छ । अविश्वासको प्रस्ताव आएका प्रदेशहरुमा नेकपाको ओली समूहले काँग्रेससँग मिलेर सत्ता साझेदारीको प्रयास थालेको छ । काँग्रेसको साथ भए प्रदेश १ मा शेरधन राई र बागमती प्रदेशमा डोरमणि पौडेलको मुख्यमन्त्री पद जोगिनसक्छ । अन्यथा अविश्वासको प्रस्ताव पारित हुने सम्भावना बलियो छ ।

प्रदेशमा मिलेर जाने सम्भावनाबारे देउवा निकटस्थले पनि ओली निकटस्थसँग छलफल चलाएका छन् । यो निर्णयमा भने नपुगेको अवस्था छ ।

केन्द्रमा पनि ओली र देउवाबीच भित्री सहमति बनेको देखिन्छ । संवैधानिक परिषद्ले संवैधानिक निकायमा गरेका नियुक्तिहरुमा ओली र देउवाबीच भागवण्डा भएको छ । देउवा निकटस्थहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत विभिन्न निकायमा नियुक्तिको सिफारिशमा पर्ने अवसर पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली हावाहुरी प्रभावित बारामा जाँदै
प्रधानमन्त्री ओली हावाहुरी प्रभावित बारामा जाँदै
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’  स्वीकृत,
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ स्वीकृत,
पूर्व बाल लडाकुको यस्तो चेतावनी, ३ महिनाभित्र प्रचण्ड र बाबुरामलाई हेगमा उभ्याउँछौ
पूर्व बाल लडाकुको यस्तो चेतावनी, ३ महिनाभित्र प्रचण्ड र बाबुरामलाई हेगमा उभ्याउँछौ
ट्रेड युनियन शुक्लागण्डकीको सभापतिमा पोख्रेल सर्वसम्मत
ट्रेड युनियन शुक्लागण्डकीको सभापतिमा पोख्रेल सर्वसम्मत
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
जिसस निर्वाचन साउन २३ मा
जिसस निर्वाचन साउन २३ मा
यो युग काम गर्ने युग हो, भाषण गर्ने होइनः उर्जामन्त्री शाही
यो युग काम गर्ने युग हो, भाषण गर्ने होइनः उर्जामन्त्री शाही
कपिलवस्तु  र खोटाङको ताजा मत पारीणाम
कपिलवस्तु र खोटाङको ताजा मत पारीणाम
तेह्रौँ साग : अग्रिम टिकट बिक्री आजदेखि
तेह्रौँ साग : अग्रिम टिकट बिक्री आजदेखि
पर्यटक प्रहरीलाई संघीय संरचनाअनुसार लैजानुपर्नेमा जोड
पर्यटक प्रहरीलाई संघीय संरचनाअनुसार लैजानुपर्नेमा जोड

तपाईंले छुटाउनुभयो कि?