कमल थापाले भने ‘आन्दोलनको तयारी गर्नुहोस्’

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १६, २०७५
|
|
४९ पटक हेरिएको
Shares
कमल थापाले भने ‘आन्दोलनको तयारी गर्नुहोस्’

सारांश

  • काठमाडौं,१७ मंसिर ।
  •  राप्रपा अध्यक्ष कमल थापाले संगठन सुदृढीकरण अभियानलाई तीब्र पार्दै निर्णायक आन्दोलनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
  • आफ्नो बसोबास क्षेत्र काठमाडौं– ५ को क्षेत्रीय समिति, नगर र वडा समितिका पदाधिकारी तथा सदस्यहरुको बैठकमा अध्यक्ष थापाले विगतका गल्ती, त्रुटि र कमजोरीलाई सच्याउँदै पार्टी र नेतृत्व बारेमा फैलाईएको भ्रमलाई चिरेर युद्धस्तरमा संगठन बिस्तार तर्फ ध्यान दिन आग्रह गरे ।

काठमाडौं,१७ मंसिर ।  राप्रपा अध्यक्ष कमल थापाले संगठन सुदृढीकरण अभियानलाई तीब्र पार्दै निर्णायक आन्दोलनको तयारीमा जुट्न निर्देशन दिएका छन् । आफ्नो बसोबास क्षेत्र काठमाडौं– ५ को क्षेत्रीय समिति, नगर र वडा समितिका पदाधिकारी तथा सदस्यहरुको बैठकमा अध्यक्ष थापाले विगतका गल्ती, त्रुटि र कमजोरीलाई सच्याउँदै पार्टी र नेतृत्व बारेमा फैलाईएको भ्रमलाई चिरेर युद्धस्तरमा संगठन बिस्तार तर्फ ध्यान दिन आग्रह गरे ।

सरकार असफलता तर्फ लागिसकेको भन्दै थापाले जनताको चाहना र भावनालाई सरकारले बुझ्न नसकेकोमा दुःख प्रकट गरे । पार्टीले देश, जनता र आर्थिक विकासलाई केन्द्रमा राखेर अगाडि बढ्न आवश्यक भएको चर्चा गर्दै अध्यक्ष थापाले विकास, आर्थिक समृद्धि र सुशासनको निमित्त स्पष्ट खाका र कार्ययोजना चाहिने बताए ।  निर्मला पन्त प्रकरणमा सिङ्गो राज्य संयन्त्र असफल भएको अध्यक्ष थापाको दाबी थियो । सस्तो प्रचारबाजीमा लागेर सरकारले जनविश्वास गुमाएको उहाँको तर्क थियो ।

सो अवसरमा पार्टीका नेताहरु भुवन पाठक, विक्रम थापा, प्रा.डा. गिताभक्त जोशी, राजाराम बर्तौला, भरत पाठक, सुनिता कुरुम्वाङ, सिर्जना रानी बर्मा, विजय खड्का, नबराज सिंखडा, केशव रेग्मी, सन्तोष अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
एनसेल टावरको ब्याट्री चोरि गर्ने चारजना पक्राउ
एनसेल टावरको ब्याट्री चोरि गर्ने चारजना पक्राउ
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
बेगनासबाट तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने जाईकाको निष्कर्ष
बेगनासबाट तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने जाईकाको निष्कर्ष
दीपक मनाङेलाई समर्थन गर्दै एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता
दीपक मनाङेलाई समर्थन गर्दै एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता
ब्रिटिस पेट्रोलियमको वार्षिक नाफा ४ अर्ब डलरले घट्यो
ब्रिटिस पेट्रोलियमको वार्षिक नाफा ४ अर्ब डलरले घट्यो
गाउँपालिकाका अध्यक्षको बिरामीलाई सहयोग
साफ च्याम्पियनसिप फूटबलः अनन्तले दिलाए नेपाललाई अग्रता !
साफ च्याम्पियनसिप फूटबलः अनन्तले दिलाए नेपाललाई अग्रता !
दशैंमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
दशैंमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री

तपाईंले छुटाउनुभयो कि?