गृहको निर्णयले वंशजको नागरिकता पाइने
सारांश
- काठमाडौं ।
- सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेपछि जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने गृह मन्त्रालयको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ ।
- न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले मंगलबार सन्तानलाई वंशजका आधारमा नागरिकता दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयलाई सदर गरेपछि नागरिकता दिने बाटो खुलेको हो ।
काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेपछि जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने गृह मन्त्रालयको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले मंगलबार सन्तानलाई वंशजका आधारमा नागरिकता दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयलाई सदर गरेपछि नागरिकता दिने बाटो खुलेको हो ।
वंशजका आधारमा नागरिकता प्रदान गर्न गृहमन्त्रालयले चैत १९ गते ७७ जिल्लामै परिपत्र गरेको थियो । मन्त्रीस्तरीय निर्णयको विरुद्धमा अधिवक्ता बालकृष्ण नेउपानेले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता गृहमन्त्रीको निर्णयमा दिन नहुने भन्दै रिट निवेदन दर्ता गरेका थिए ।
यस अघि सर्वोच्चले गृह मन्त्रालयको पत्रलाई रोक्न आदेश गरेको थियो ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न पेश गरेको विधेयक हाल सङ्घीय संसद्मा विचाराधीन छ ।
प्रतिक्रिया