एमसीसी कुनै हालतमा कार्यान्वयन हुन नदिने विप्लवको चेतावनी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २०, २०७८
|
|
६१ पटक हेरिएको
Shares

सारांश

  • नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन भएको एमसीसी सम्झौता कुनै हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।
  • शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले त्यसका लागि एकतावद्ध भएर अघि बढ्न सबै देशभक्त, क्रान्तिकारीहरुलाई आह्वान गरेका छन् ।
  • एमसीसी पारित गरेसँगै संसदको औचित्य समाप्त भएको भन्दै महासचिव चन्दले अब देशलाई जोगाउने दायित्व नेपाली जनताको काँधमा आएको बताए ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन भएको एमसीसी सम्झौता कुनै हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले त्यसका लागि एकतावद्ध भएर अघि बढ्न सबै देशभक्त, क्रान्तिकारीहरुलाई आह्वान गरेका छन् । एमसीसी पारित गरेसँगै संसदको औचित्य समाप्त भएको भन्दै महासचिव चन्दले अब देशलाई जोगाउने दायित्व नेपाली जनताको काँधमा आएको बताए ।

उनले प्रचण्ड–माधव नेपालले एमसीसी संसदबाट पारित गराएर देश र जनताप्रति ठूलो घात गरेको आरोप लगाए । एमसीसी खारेज गर्नुपर्ने र त्यसका लागि आफूहरुलाई साथ दिन विप्लवले आग्रह गरेका छन् ।

उनले भने, ‘कम्युनिष्ट भनिने नेताहरु, एमालेका नेताहरु, माओवादीका नेताहरुले देशलाई संसदबाट बेचिरहेका छन् । आजको दिनमा प्रचण्डको अनुहार सबैभन्दा हेर्न लायक छ । गरिव देशहरुमाथि यस्तो काम गर्नेछ । नेपाली जनताले एमसीसीको विरोध गरिरहेका छन् । हरेक पार्टी भित्र यसको विरोध भइरहेको छ । जनताले खारेजको माग गरेका छन् । तर नेपालका संसदहरुले देश बेचेर खान्छन । त्यो सार्वभौम संसद हो । यो संसदको औचित्य सकियो । प्रचण्ड र माधव नेपालहरुले नेपाली जनतामाथि सबैभन्दा बढी घात गरे । एमसीसी लागू हुने छैन । त्यो लागू हुन दिँदैनौं । एमसीसी गुमनाम लागु हुन्छ भन्नु मुर्खता हो ।’

नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले एमसीसी राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई खारेज गर्न पहल गर्न सबै देशभक्त, क्रान्तिकारीहरुलाई आह्वान गरे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी कार्यान्वयनमा आएमा नेपालको हालत युद्धरत मुलुकहरु इराक, सिरिया, अफगानिस्तानको जस्तो हुने बताए ।

उनले एमसीसी राष्ट्रधाती सम्झौता भएको उल्लेख गर्दै त्यसको प्रतिवादमा उत्रन सबैलाई अपील गरे । अध्यक्ष केसीले अमेरिकीको समर्थनमा निर्वाचन जित्नका लागि ठूला राजनीतिक दलहरुले प्रतिस्पर्धा गरेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौंता पारित गराएको आरोपसमेत लगाए ।

(https://mclaneedgers.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायत,जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स
बेलायत,जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !
मन्त्री भट्टराई पत्नी विन्दाको नाम बेचेर घुस माग्ने जीता बराल को हुन्
मन्त्री भट्टराई पत्नी विन्दाको नाम बेचेर घुस माग्ने जीता बराल को हुन्
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
सलमान खानको सुपरहिट फिल्म ‘तेरे नाम’को सिक्वेल बन्ने
सलमान खानको सुपरहिट फिल्म ‘तेरे नाम’को सिक्वेल बन्ने
रुसमाथि अमेरिकी नाकाबन्दीले नेपाली सेनालाई हेलिकोप्टर किन्न सकस
रुसमाथि अमेरिकी नाकाबन्दीले नेपाली सेनालाई हेलिकोप्टर किन्न सकस
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
#Breaking राजीनामा दिने तयारीमा सभामुख महरा
#Breaking राजीनामा दिने तयारीमा सभामुख महरा
विश्वकप छनोटमा नेपाल ६ विकेटले विजयी
विश्वकप छनोटमा नेपाल ६ विकेटले विजयी
प्रतिनिधिसभामा राष्ट्रियसभाको सन्देश प्रस्तुत
प्रतिनिधिसभामा राष्ट्रियसभाको सन्देश प्रस्तुत

तपाईंले छुटाउनुभयो कि?