पाकिस्तानलाई पुलवामा जस्ता आक्रमणबाट के फाइदा हुन्छ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
३३ पटक हेरिएको
Shares
पाकिस्तानलाई पुलवामा जस्ता आक्रमणबाट के फाइदा हुन्छ?

सारांश

  • बीबीसी।
  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पुलवामा आक्रमणलाई लिएर पाकिस्तानमाथि लगाइएको आरोपप्रति आपत्ति जनाउँदै यदि पाकिस्तानमाथि आक्रमण भए केही नसोची जवाफ दिने चेतावनी दिएका छन्।
  • पाकिस्तानका प्रधानमन्त्रीले पहिलो पटक १४ फेब्रुअरीमा भारत प्रशासित कश्मिरको पुलवामा जिल्लामा सीआरपीएफको सूमहमाथि भएको आक्रमणमा ४० भन्दा धेरै भारतीय जवानको मृत्यु भएको विषयमा पहिलो पटक प्रतिक्रिया दिएको हो।
बीबीसी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पुलवामा आक्रमणलाई लिएर पाकिस्तानमाथि लगाइएको आरोपप्रति आपत्ति जनाउँदै यदि पाकिस्तानमाथि आक्रमण भए केही नसोची जवाफ दिने चेतावनी दिएका छन्।
पाकिस्तानका प्रधानमन्त्रीले पहिलो पटक १४ फेब्रुअरीमा भारत प्रशासित कश्मिरको पुलवामा जिल्लामा सीआरपीएफको सूमहमाथि भएको आक्रमणमा ४० भन्दा धेरै भारतीय जवानको मृत्यु भएको विषयमा पहिलो पटक प्रतिक्रिया दिएको हो।
यो आक्रमणको जिम्मा पाकिस्तानस्थित आतंकवादी संगठन जैश–ए– मोहम्मदले लिएको थियो। भारतले यो आक्रमणकालागि सिधै पाकिस्तानलाई दोषी ठहर्याएको थियो।
भारतले लगाएको आरोपको जवाफ दिँदै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने, ‘पाकिस्तानलाई यसबाट के फाइदा हुन्छ? यदि तपाइँलाई बारम्बार यही गर्नुछ भने तपाइँ बारम्बार यही गर्नुहुन्छ। म पटक पटक भनिरहेको छु, यो नयाँ पाकिस्तान हो। पाकिस्तान स्वयं आतंकवादबाट पीडित छ।’
इमरान खान के भन्न चाहन्थे भने पुलवामा जस्ता आक्रमण गराएर पाकिस्तानलाई के फाइदा हुन्छ? पाकिस्तान सधैं आफू पनि आतंकवादको शिकार भएको बताउँदै आएको छ। तर पाकिस्तानले कहिल्यै पनि आतंकवादको सुरवात पाकिस्तानबाट कसरी सुरु भयो भन्ने कुरा बताउँदैन।
पाकिस्तानले अहिले जो भोगिरहेको छ, त्यो उसले रोपेको वृक्षको फल हो। त्यही फलको परिणाम पाकिस्तानले भोगिरहेको छ। जहाँसम्म फाइदाको कुरा छ,  पाकिस्तानले कश्मिरको हालत यति खराब छ की त्यहाँका युवाहरले स्वयं यस्तो घटना गराइरहेका छन् भनेर विश्वलाई बताउन चाहन्छ।
इमरान खानको यो भनाइ पाकिस्तानलाई पुलवामा जस्ता आक्रमणले फाइदा हुँदैन भन्ने हो। तर यो बच्चाले गर्ने जस्तो तर्क हो। पाकिस्तानलाई यस्ता आक्रमणले सधैं फाइदा हुन्छ।
इमरान खानेले के पनि भनेका छन् भने भारतले यदि प्रमाण दियो भने पाकिस्तानले कारवाही गर्छ। तर वास्तविकता के हो भने यस अगाडि पनि भारतले पाकिस्तानलाइ धेरै प्रमाण दिइसकेको छ।
२६÷११ र पठानकोट आक्रमणपछि धेरै प्रमाण पाकिस्तानलाई दिइएको थियो, पाकिस्तानले कहिल्यै कारवाही गरेन। प्रमाण दिए कारवाही गर्छु भन्ने पाकिस्तानी भनाइ मजाक मात्र हो।
मुम्बई आक्रमण भएको आज दश वर्ष पूरा भइसकेको छ। यो विषयमा पाकिस्तानले के कारवाही गर्यो? यो सबैका सामुन्ने गजजाहेर छ। पाकिस्तानले पहिलो पहिला केही मानिसलाई पक्राउ  पनि गर्यो। तर ती मानिस आज खुला घुमिरहेका छन्।
जसले हत्या गराउँछ, उसको सामुन्ने नै हत्याको प्रमाण पेश गर्नु कति उचित हो?
जसले आक्रमण गराएको छ, उसले आफू जैश–ए–मोहम्मदको मानिस भनेको छ। यो कुनै भारतीय संगठन त होइन। यो संगठन पाकिस्तानमा काम गर्छ। जसमाथि अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्ध लगाएको छ।
इमरान खानको भनाइ अनुसार भारतले के सोच्नुपछ भने  कश्मिरका युवा आज मृत्युसँग डराउन छोडेका छन्। यो भनाइ केही हदसम्म सही पनि हो। हामीले के सोच्नुपर्छ भने यस्तो स्थिति किन उत्पन्न भएको छ। पृथकतावादी विचारधारलाई मान्नेले आत्मघाती आक्रमण गराइरहेका छन्। यसमा पाकिस्तानको ठूलो हात छ।
जसले पुलवामा आक्रमणकालागि बम बनायो, उसलाई पाकिस्तानले प्रशिक्षण दिएको थयो, अहिले आएर घटनामा पाकिस्तानको हात छैन भन्न मिल्छ?
पाकिस्तान यो घटनालाई अस्वीकार गर्न सक्दैन, कि कश्मिरमा जे भइरहेको छ, त्यसमा उसको हात छैन।
इमरान खानले के पनि भनेका छन् भने भारतले यदि आक्रमण गर्यो भने पाकिस्तानले त्यसको जवाफ दिन्छ। यो अभिव्यक्ति दिँदै गर्दा पाकिस्तानी प्रधानमन्त्रीको डर स्पष्ट रुपमा देखिएको छ। इमरान खान निकै राम्रो बोल्छन्। तर मंगलबारको उनको भिडियो कयौं पटक इडिट भएको छ।
सामान्य रुपमा इमरान खान निकै राम्रो बोल्छन्। तर मंगलबार उनी पाकिस्तानी  सेनाको बोली बोलिरहेका थिए। उनले पुलवामा जस्ता आक्रमण भन्दो पहिला नै सोच्नुपथ्र्यो कि भारत त्यसमाथि कस्तो प्रतिक्रिया दिन्छ।
जब कुरा बिग्रियो अनि पाकिस्तान सफाइ दिइरहेको छ की आक्रमणमा पाकिस्तानको हात छैन। र आफू स्वयं आतंकवादको शिकार भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?