नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १५, २०८०
|
|
५९ पटक हेरिएको
Shares
नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई आज काठमाडौँको मण्डिखाटारबाट पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा महोत्तरी जलेश्वर ननगरपालिका–१३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बस्ने ३७ वर्षीय कपिल बर्मा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई आज काठमाडौँको मण्डिखाटारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी जलेश्वर ननगरपालिका–१३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बस्ने ३७ वर्षीय कपिल बर्मा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका बर्माले विक्रम कार्कीसमेत छ जनालाई वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति रु १२ लाख लाग्ने, नेदरल्याण्ड्समा प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने तथा मासिक रु दुई लाखभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरूबाट पटकपटक गरी जम्मा रु ४४ लाख पचास हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका बर्मालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री
महोत्तरी-१ मा माओवादी केन्द्रका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित
महोत्तरी-१ मा माओवादी केन्द्रका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित
ईश्वर पोखरेलको नेत्तृत्वमा ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’
ईश्वर पोखरेलको नेत्तृत्वमा ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’
भाइरल बन्दै ल्याङ ल्याङ
भाइरल बन्दै ल्याङ ल्याङ
३३ किलाे सुन प्रकरण: थाई एयरलाइन्सका कर्मचारी भन्छन् ‘रगत बग्यो, म रोएँ’
३३ किलाे सुन प्रकरण: थाई एयरलाइन्सका कर्मचारी भन्छन् ‘रगत बग्यो, म रोएँ’
हमासको आक्रमणबाट मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ हुने
हमासको आक्रमणबाट मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ हुने
सगरमाथाको चुचुरोबाट भ्रमण वर्षको सन्देश
सगरमाथाको चुचुरोबाट भ्रमण वर्षको सन्देश
नेपाली चलचित्र आरोपको दोश्रो गीत “ ए मन” गीतको भिडियो सार्वजनिक
नेपाली चलचित्र आरोपको दोश्रो गीत “ ए मन” गीतको भिडियो सार्वजनिक
ऊर्जा मन्त्रालयसँग जोडियो बास्कोटाको नाम
ऊर्जा मन्त्रालयसँग जोडियो बास्कोटाको नाम
ललितपुरमा एकैदिन ५० कोरोना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?