सगरमाथाको चुचुरोबाट भ्रमण वर्षको सन्देश

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ३, २०७६
|
|
५५ पटक हेरिएको
Shares
सगरमाथाको चुचुरोबाट भ्रमण वर्षको सन्देश

सारांश

  • काठमाडौँ ।
  • विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्देश प्रवाह गरिने भएको छ ।
  • नेपालको आरोहण इतिहासमै पहिलो पटक नेपाल, भारत र चीनका तीन महिला आरोहीले भ्रमण वर्षको सन्देशसहित सगरमाथा आरोहण गर्न लागेका हुन् ।

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्देश प्रवाह गरिने भएको छ । नेपालको आरोहण इतिहासमै पहिलो पटक नेपाल, भारत र चीनका तीन महिला आरोहीले भ्रमण वर्षको सन्देशसहित सगरमाथा आरोहण गर्न लागेका हुन् ।

नेपालकी कान्छिमाया तामाङ, भारतकी कल्पना दास र चीनका लियामु मालगायतको आरोही समूहले वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न लागेको भ्रमण वर्ष सचिवालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले सगरमाथाबाट भ्रमण वर्षको सन्देशलाई विश्वभर फैलाएर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने उद्देश्यले भ्रमण वर्षको झण्डासहित आरोहण हुन लागेको बताए ।

आरोहण इतिहासमै पर्यटकीय महत्वका छिमेकी मुलुक भारत र चीनसहित संयुक्त आरोहणले विश्व पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह हुने उनले उल्लेख गरे । महिला सशक्तीकरण, विश्व शान्ति र सद्भाव अभिवृद्धि गर्न आरोहण उपयोगी हुनेछ ।

संयुक्त महिला आरोहणको संयोजन सगरमाथाको १८ पटक आरोहण गरेका कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाले गर्नेछन् । शेर्पा ‘नेपाल टुरिजम इयर २०११’ को सद्भावना दूत पनि थिए ।

आरोही तामाङ्ले सन् २०१७ र २०१८ मा सगरमाथाको सफल आरोहण गरेकी छन् । उनि प्रथम तामाङ महिला सगरमाथा आरोही पनि हुन् । विभिन्न सामाजिक गतिविधिमा संलग्न तामाङ सन् २०१७ देखि युएन वोमनको सद्भावना दूत छन् । त्यस्तै, भारतीय र चिनीया आरोहीले पनि विश्वका विभिन्न अग्ला हिमाल आरोहण गरेको बताइन्छ ।

दासले नेपाल, भारत, युरोप, साउथ अमेरिका र अष्ट्रेलियाको हिमाल आरोहणको अनुभव छ । उनले सन् २००८ मा सगरमाथा आरोहण गरेकी थिइन् । चिनियाँ आरोही माले सगरमाथा, मनास्लु, लुबुचेलगायत हिमाल आरोहण गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित भ्रमण वर्षको लोगोसहितको झण्डा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले आरोही समूहलाई हस्तान्तरण गरे । यो आरोहणबाट साहसिक पर्यटनका लागि नेपाल उपयुक्त गन्तव्य हो र त्यसका लागि नारी सक्षम छन् भन्ने सन्देश दिने विश्वास लिइएको छ ।

सो अवसरमा सचिव सापकोटाले भ्रमण वर्षको सन्देशसहितको आरोहणले नेपालको पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भ्रमण वर्षलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाउने र भ्रमण वर्ष सचिवालयलाई थप सक्रिय बनाइने उल्लेख गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बढी पर्यटक आगमन हुने मुलुक भारत र चीनलाई जोडेर हुने सगरमाथा आरोहणले नेपालको पर्यटन प्रवद्र्धन गर्न प्रभावकारी सन्देश जाने बताए ।

आरोहीमध्ये भारतीय र चिनियाँ आफ्नै खर्चमा जानेछन् भने नेपाली आरोही तामाङका लागि भ्रमण वर्ष सचिवालयको रु २० लाख र केही रकम नेपाल पर्यटन बोर्डले दिनेछ । बाँकी आरोही स्वयंले जोहो गर्ने बताइएको छ । आरोहण समूहमा चार जना चिनियाँ तथा नेपाली शेर्पाहरु रहनेछन् ।

आरोहण टोलीका संयोजक पेम्बा दोर्जे शेर्पाले विश्वलाई भ्रमण वर्षको सकारात्मक सन्देश दिन पहिलो पटक भारत र चीनलाई जोडेर आरोहण गर्न लागिएको बताए । आरोही दासले नेपाल र भारतको सांस्कृतिक सम्बन्धलाई सुमधुर बनाउने लक्ष्यका साथ यो पटकको सगरमाथाको आरोहणमा नेपाली साडी लगाएर आरोहणमा जाने बताए । चिनियाँ आरोही माले संयुक्त आरोहणमा जान पाउँदा निकै गर्वको महशुस भएको र यसले विश्वलाई महत्वपूर्ण सन्देश दिने बताए ।

भ्रमण वर्ष कार्यान्वयन निकै चुनौतीपूर्ण भए पनि यसलाई सफल बनाउने आम नेपालीको जिम्मेवारी भएको कार्यक्रम संयोजक वैद्यले बताए । उनले मुलुकको आर्थिक समृद्धिलाई सार्थक बनाउन पनि अभियान सहयोगसिद्ध हुने विश्वास व्यक्त गरे । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोहीबमोजिम बजेट तथा कार्यक्रमका साथ अभियान शुरु गरिएको छ ।

भ्रमण वर्षको चैत २० गते पोखराबाट पूर्व शुरुआत गरिएको छ । आवश्यक तयारीपछि छिट्टै भ्रमण वर्षको औपचारिक रुपमा शुभारम्भ गर्ने जनाइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा हालै भएको भ्रमण वर्ष २०२० मूल आयोजक समितिको बैठकले अभियानलाई उत्साहका साथ प्रभावकारी कार्यान्वयन गराउने निर्णय गरिसकेको छ । उक्त बैठकले भ्रमण वर्ष मनाउन आर्थिक वर्ष २०७५÷७६ को बजेट तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गर्दै प्रचारप्रसारका लागि सबै संयन्त्रलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको थियो । भ्रमण वर्षका लागि सरकारले यो वर्ष रु १० करोड बजेट विनियोजन गरेको छ ।

राणाकालीन दरबार केशरमहलमा नेपाल भ्रमण वर्षको सचिवालय स्थापना गरिएको छ । गोरखा भूकम्पबाट सामान्य क्षति पुगेको उक्त भवनको मर्मत गरी सचिवालय बनाइएको हो । भ्रमण वर्षका कार्यक्रम संयोजक सुरज वैद्यले एक साताभित्रै सचिवालय प्रभावकारी रुपमा सञ्चालन हुने जानकारी दिए ।

उनका अनुसार अभियानअन्तर्गत यो वर्ष २० हजार २०० विरुवा रोपिने छ । ‘नेपाल टुरिजम एक्ससिलेन्स अवार्ड’, सम्पदा दिवस मनाउने र २० देखि ३० हजार स्वदेशी र विदेशी पर्यटकलाई सम्पदा भ्रमण गराउने, सातवटै प्रदेशमा पर्यटन प्रवद्धनका लागि लगानी भित्र्याउन आगामी अक्टोबर महीनामा पर्यटन लगानी सम्मेलन आयोजना गरिनेछ ।

नेपाल पर्यटन बोर्डको विवरणमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को दुई महीना जनवरी र फेब्रुरीमा मात्रै दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४० मा पर्न पूर्व एमाले नेताको दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट!
४० मा पर्न पूर्व एमाले नेताको दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट!
पूर्वराजा ज्ञानेन्द्र र विप्लवको सम्बन्धको पर्दाफास, नेताहरूको यस्तो आरोपप्रत्यारोप (भिडियोसहित)
पूर्वराजा ज्ञानेन्द्र र विप्लवको सम्बन्धको पर्दाफास, नेताहरूको यस्तो आरोपप्रत्यारोप (भिडियोसहित)
६÷६ महिना दुई देशको अधिनमा रहने टापु तर किन यस्तो नियम ?
६÷६ महिना दुई देशको अधिनमा रहने टापु तर किन यस्तो नियम ?
चंकी पाण्डेले फराह खानको अभिनयमाथि दिए प्रतिक्रिया, जवाफमा फराहले भनिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला’
चंकी पाण्डेले फराह खानको अभिनयमाथि दिए प्रतिक्रिया, जवाफमा फराहले भनिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला’
मोरङ क्षेत्र नं ४ को चुनावी रौनक
मोरङ क्षेत्र नं ४ को चुनावी रौनक
डा. केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरामा
डा. केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरामा
भ्रष्टाचारीलाई उन्मुक्ति दिनुहुँदैन भन्नेमा हामी एक ठाँउमा छौँ : मन्त्री गुरुङ
भ्रष्टाचारीलाई उन्मुक्ति दिनुहुँदैन भन्नेमा हामी एक ठाँउमा छौँ : मन्त्री गुरुङ
आजको राशिफल
आजको राशिफल
सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने
सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने
परम्परा जोगाउँनकै लागि फेरी
परम्परा जोगाउँनकै लागि फेरी

तपाईंले छुटाउनुभयो कि?