नेपालमा कात्तिकभित्रै भारतीय रेल कुद्ने

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २७, २०७५
|
|
५३ पटक हेरिएको
Shares
नेपालमा कात्तिकभित्रै भारतीय  रेल कुद्ने

सारांश

  • काठमाडौं, २७ असार ।
  • भारतसँग सीमा जोडिएका तराईका केही ठाउँमा आगामी कात्तिकभित्रै रेल कुद्ने भएको छ ।
  • भारतीय सहयोगमा निर्माण भइरहेको रेलमार्ग कात्तिकभित्रै सम्पन्न हुने भएपछि यो वर्षभित्रै नेपालमा रेल कुद्ने भएको हो ।

काठमाडौं, २७ असार । भारतसँग सीमा जोडिएका तराईका केही ठाउँमा आगामी कात्तिकभित्रै रेल कुद्ने भएको छ ।

भारतीय सहयोगमा निर्माण भइरहेको रेलमार्ग कात्तिकभित्रै सम्पन्न हुने भएपछि यो वर्षभित्रै नेपालमा रेल कुद्ने भएको हो । नेपाल–भारत संयुक्त कार्यसमूहको मंगलबार काठमाडौंमा बसेको बैठकले कात्तिकभित्रै रेल ल्याउने गरी काम सम्पन्न गर्ने निर्णय गरेको छ ।

नेपाल–भारत सीमाक्षेत्रका चार ठाउँमा रेलमार्ग निर्माणको काम भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका अवसरमा नेपालमा रेलमार्ग निर्माणसम्बन्धी सहमति भएको थियो ।

बैठकले भारतको जयनगरदेखि बिजलपुर हुँदै बर्दिवाससम्म, जोगवनीदेखि विराटनगर, जयनगरदेखि जनकपुर ९कुर्था० र जोगवनीदेखि नेपालको भन्सार क्षेत्रसम्मको रेलमार्ग निर्माण कात्तिकभित्रै सम्पन्न गर्ने निर्णय गरेको छ । समूहको तेस्रो बैठकमा रेलवेमा प्रस्तुत स्थानहरूमा भइरहेको प्रगतिको सराहना गर्दै रेलसेवा सञ्चालनका लागि आइपर्ने आवश्यकतामा व्यापक छलफल गरिएको थियो ।

भारत–नेपाल अन्तरदेशीय रेलसेवा सञ्चालनसम्बन्धी समझदारीपत्रमा छलफल गर्न बसेको बैठकमा भारतका तर्फबाट रेलवे मन्त्रालयका कार्यकारी निर्देशक मनोजकुमार श्रीवास्तव र नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले नेतृत्व गरेका थिए ।

चार वटै आयोजना कात्तिकभित्र सम्पन्न गर्ने बैठकको निष्कर्ष छ । समूहले रेलसेवा सञ्चालन, समझदारीपत्रको अन्तिम स्वरूप टुंग्याउने विषयको आवश्यकता पहिचान गर्दै उक्त कार्य शीघ्र सञ्चालन गर्न पनि जोड दिएको छ । यसअघि भारत–नेपाल अन्तरदेशीय रेलसेवाको सञ्चालनका लागि गठित संयुक्त समितिको बैठक ५ र ६ असारमा काठमाडौंमा नै भएको थियो ।

सवारी आवागमनको सहज आवतजावत, सामान ओसारपसार, दुवै देशका जनताबीच सम्बन्ध विस्तार तथा दुई देशबीच व्यापार, वाणिज्य र आर्थिक सहकार्यलाई सुदृढ गर्नका लागि भारत–नेपाल सीमामा रेलमार्ग पूर्वाधारको काम भइरहेको हो । यसका साथै अन्य पूर्वाधारका विकासका लागि पनि भारत र नेपाल सरकार दुवै प्रतिबद्ध रहेका पनि बैठकमा बताइएको  थियो ।

रेलसेवा सञ्चालनले दुई देशका जनताबीचको सम्बन्ध तथा आर्थिक क्रियाकलापलाई सुदृढ गरी भारत–नेपाल सम्बन्धलाई थप नयाँ उचाइ प्रदान गर्ने अपेक्षा लिइएको काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्धारित समयमै रेलमार्ग निर्माण पूरा गर्न बाँकी कामलाई तीव्र बनाइने बैठकको निर्णय रहेको पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सुटर’ उमेश पासवान सर्लाहीबाट समातिए
‘सुटर’ उमेश पासवान सर्लाहीबाट समातिए
राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको होला पल्ला भारी ?
राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको होला पल्ला भारी ?
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए ?
निर्मला पन्तको हत्या स्वीकारेका रावल पनि छुटे
निर्मला पन्तको हत्या स्वीकारेका रावल पनि छुटे
समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी
समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी
‘प्रेमगीत’ नायिकालाई दर्शकको यस्तो प्रेम
‘प्रेमगीत’ नायिकालाई दर्शकको यस्तो प्रेम
दुबईका शासकले छैंठौ पत्नीलाई यातना दिएको प्रमाणित
दुबईका शासकले छैंठौ पत्नीलाई यातना दिएको प्रमाणित
ओलीसामु देउवाको सोझो प्रस्ताव- संविधान संशोधन र सत्तामा सहकार्य
ओलीसामु देउवाको सोझो प्रस्ताव- संविधान संशोधन र सत्तामा सहकार्य
श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति
श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति
३३ किलाे सुन प्रकरण:  नेपाल प्रहरीका पूर्वआईजीपी अर्याल र  सशस्त्रका पूर्व आइजीपी श्रेष्ठ पनि तानिए !
३३ किलाे सुन प्रकरण: नेपाल प्रहरीका पूर्वआईजीपी अर्याल र सशस्त्रका पूर्व आइजीपी श्रेष्ठ पनि तानिए !

तपाईंले छुटाउनुभयो कि?