समुन्नत नेपाल बनाउन राष्ट्रिय सहमति आवश्यक : मन्त्री गुरूङ

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २४, २०८०
|
|
३७ पटक हेरिएको
Shares
समुन्नत नेपाल बनाउन राष्ट्रिय सहमति आवश्यक : मन्त्री गुरूङ

सारांश

  • वालिङ ।
  • कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले समुन्नत नेपाल बनाउन सबै दल मिल्नुपर्नेमा जोड दिएका छन्।
  • राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखा आज शुभारम्भ गर्दैै उनले समुन्नत नेपाल देख्न चाहने हो भने सबै दल मिल्नुको विकल्प नभएको बताएका हुन् ।

वालिङ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले समुन्नत नेपाल बनाउन सबै दल मिल्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखा आज शुभारम्भ गर्दैै उनले समुन्नत नेपाल देख्न चाहने हो भने सबै दल मिल्नुको विकल्प नभएको बताएका हुन् ।

“एक दलले अर्को दललाई गाली गलौज गरेर देश बन्दैन”, मन्त्री गरुङले भने, “देश बनाउनका लागि गालीगलौज नभई मिल्नु आवश्यक छ । मुलुक बनाउनका लागि जो जहाँ छ त्यहीँबाट कर्मलाई विश्वास गर्नुपर्छ । ”

“गफ गरेर मात्र मुलुक परिवर्तन हुँदैन”, उनले जोड दिए, “मुलुकको परिवर्तनका लागि कर्म गरेर अगाडि बढ्नुपर्छ । आर्थिक क्षेत्रमा केही अप्ठ्यारा रहेकाले यसलाई नीतिगतरूपमा समाधान गरिनुपर्छ। ” राष्ट्र बैंक बैंकहरूकोे अभिभावक भएकाले उसले आवश्यकता र परिस्थितिबमोजिम नीतिमा पनि सुधार गर्नुपर्ने मन्त्री गुरुङले सुझाव दिए ।

गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले राष्ट्र बैंकले नियमन र अनुगमनमा कमजोरी गरेकै कारण देशमा वित्तीय अराजकता बढ्दै गएको आरोप लगाए । उनले बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या सुधार गर्न पनि राष्ट्र बैंकले नियमन गर्नु आवश्यक छ भने ।

वालिङमा आजदेखि सञ्चालनमा आएको बैंक राष्ट्रिय वाणिज्य बैंकको २८२औँ शाखा हो । स्याङ्जामा योसँगै चार वटा यस बैंकका शाखा छन् । बैंकले भिरकोट नगरपालिकाको बयरघारीमा पनि थप शाखा विस्तार गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

चापाकोट नगरपालिकाको सुन्तलीटार र साँखरमा सेवा प्रवाहका लागि काउन्टर खोल्ने तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद भवनमा भगवान खोज्दै सांसदहरु!
संसद भवनमा भगवान खोज्दै सांसदहरु!
५ नम्बर प्रदेशको राजधानी बुटवल बनाउँछौं : विष्णु पौडेल
५ नम्बर प्रदेशको राजधानी बुटवल बनाउँछौं : विष्णु पौडेल
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा
विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा
नेकपा सरकारका दुई वर्ष : केही राम्रो केही निराशा
नेकपा सरकारका दुई वर्ष : केही राम्रो केही निराशा
प्रचण्ड र बीना : दुबैजना दोब्बर मतले अगाडि
प्रचण्ड र बीना : दुबैजना दोब्बर मतले अगाडि
विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री
विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री
एक खेल अघि नै नेदरल्यान्डविरुद्ध इङ्ल्यान्डलाई शृंखला
एक खेल अघि नै नेदरल्यान्डविरुद्ध इङ्ल्यान्डलाई शृंखला
अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग
अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग
बुटवल उपमहानगरपालिकामा मेयरको उम्मेदवार पत्नीले पैसा बाँड्न खोजेको आरोप
बुटवल उपमहानगरपालिकामा मेयरको उम्मेदवार पत्नीले पैसा बाँड्न खोजेको आरोप

तपाईंले छुटाउनुभयो कि?