प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि एपिएफ लाइ

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २८, २०७५
|
१
|
५८ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि एपिएफ लाइ

सारांश

  • काठमाडाै, २८ जेठ ।
  • आर्मीलाई हराउँदै विभागीय टोली एपिएफले राजधानीमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि जितेको छ।
  • सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्मीलाई ६ विकेटले हराउँदै एपिएफले उपाधि जितेकाे हाे ।

काठमाडाै, २८ जेठ । आर्मीलाई हराउँदै विभागीय टोली एपिएफले राजधानीमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि जितेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्मीलाई ६ विकेटले हराउँदै एपिएफले उपाधि जितेकाे हाे ।

पहिले ब्याटिङ गर्दै आर्मीले दिएको २१० रनको लक्ष्य एपिएफले ४१.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। एपीएफलाई उपाधि दिलाउने क्रममा ओपनर अनिलकुमार शाह र प्रदीप ऐरीले समान ६३/६३ रनको योगदान दिए।

ओपनर सुवास खकुरेल १२ रनको अवस्थामा घाइते भएर रिटायर्ड हट भएपछि क्रिजमा आएका ऐरीले २ छक्का र २ चौकाको सहयोगमा ६३ रन बनाएका हुन्।

प्रदीप र अनिलकुमारले पहिलो विकेटका लागि ११९ रनको साझेदारी गर्दै एपिएफलाई जितको आधार बनाएका थिए।

एपीएफका लागि पृथु बास्कोटाले ३२ र रोहितकुमार पौडेलले १५ रन बनाए।

त्यसपछि अन्तिम क्रमका सुबास खकुरेल र करन केसीले अविजित रहँदै १५(१५ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो। आर्मीका लागि भिम सार्कीले सर्वाधिक ४५ रन बनाए भने राजेश पुलामीले २७ रन बनाए।

यस्तै सोमपाल कामीले ३६ तथा बिनोद भण्डारीले ३५ रन बनाए।

एपीएफका लागि करण केसीले ३ विकेट लिएका थिए। यस्तै भुवन कार्की र बसन्त रेग्मीले समान २/२ विकेट लिए।

खेलको म्यान अफ दि म्याच एपिएफका अनिलकुमार साह भए। यस्तै सागर पुन म्यान अफ दि सिरिज भए।

खेलको विजेता एपिएफलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राखेप सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार दिएका थिए। विजेताले नगद २० लाख रूपैयाँ र उपविजेता आर्मीले १० लाख पाएका थिए।

(agentrealestateschools.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bikas Poudel

    Thanks KP

    :3 Feel My Speed :3

    (y) Onlybot. Top (y)

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
शुक्रवार ९२७ कोरोना संक्रमित थपिए
‘काठमाडौंमा गुण्डाका टिपरले समस्या गर्‍यो, बन्द गराउँछु’-सर्वेन्द्र खनाल
‘काठमाडौंमा गुण्डाका टिपरले समस्या गर्‍यो, बन्द गराउँछु’-सर्वेन्द्र खनाल
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत
आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु
आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु
खप्तड शैलेश्वरी गोल्डकप दोस्रो संस्करण सुरु
खप्तड शैलेश्वरी गोल्डकप दोस्रो संस्करण सुरु
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछ : अध्यक्ष नेपाल
Grief after the Tragic Demise of Korean Actor Kim Joo-hyuk in Car Crash
Grief after the Tragic Demise of Korean Actor Kim Joo-hyuk in Car Crash
‘लौरो’ चुनाव चिन्ह लिएर आयोगमा दर्ता भयो हाम्रो नेपाली पार्टी
रौतहटको गरुडा घटना छानबिनका लागि टोलीले काम सुरु गर्‍यो
रौतहटको गरुडा घटना छानबिनका लागि टोलीले काम सुरु गर्‍यो

तपाईंले छुटाउनुभयो कि?