स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १६, २०७५
|
|
५३ पटक हेरिएको
Shares
स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य

सारांश

  • बनियानी, झापा, १६ वैशाख ९, झापा मेचीनगरका तीन वटा वडाका साढे चार हजारभन्दा बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन् ।
  • पिउने पानीको अन्य स्रोत नहुँदा उनीहरु खोलाको पानी पिउन बाध्य भएका हुन् ।
  • मेचीनगर नगरपालिका– १, २ र ३ नं वडामा बासोबास गर्ने चार हजार ५५० घरपरिवारका १६ हजार जनाकोे बसोबास रहेको स्थानमा पानीको समस्या रहेको उक्त नगरपालिकाका सूचना अधिकृत अशोक भेटवालले जानकारी दिनुभयो ।

बनियानी, झापा, १६ वैशाख ९, झापा मेचीनगरका तीन वटा वडाका साढे चार हजारभन्दा बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन् । पिउने पानीको अन्य स्रोत नहुँदा उनीहरु खोलाको पानी पिउन बाध्य भएका हुन् ।

मेचीनगर नगरपालिका– १, २ र ३ नं वडामा बासोबास गर्ने चार हजार ५५० घरपरिवारका १६ हजार जनाकोे बसोबास रहेको स्थानमा पानीको समस्या रहेको उक्त नगरपालिकाका सूचना अधिकृत अशोक भेटवालले जानकारी दिनुभयो ।

पानीको स्रोत नहुँदा वर्षौंदेखि खोलाको पानी पिउन बाध्य भएको मेचीनगर–२ की लक्ष्मी चापागार्इंंले बताउनुभयो । पानीको समस्या समाधानका लागि पटक पटक पहल गरे पनि सुनुवाइ नभएको उहाँको गुनासो थियो ।

“स्थानीय तहको चुनावमा पनि पानीको समस्या उठाइएको थियो”, चापागाईंले भन्नुभयो, “आश्वासन त पाइयो तर पानीको समस्या समाधान भएको छैन । अझ वर्षायामका समयमा त आकाशे पानी थापेर प्रयोगमा ल्याइने गरिन्छ । ”

नगर क्षेत्रभित्र तीन ठूला खानेपानी आयोजना सञ्चालन भए पनि आफूहरुका लागि कहीँकतैबाट पहल नहुँदा यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि पानीको समस्या भोग्दै आएको अर्का स्थानीयवासी संगंीता खड्काले बताउनुभयो ।

वर्षौंदेखि खोलाकै पानी पिउँदै आएका अर्का स्थानीय यामबहादुर विश्वकर्माले पीडा सुनाउनुभयो, “यही खोलामा शव जलाउने गरेका छौँ, यही खोलाको पानी पिउन बाध्य छौँ । अंगार पन्छाएर पानी पिउनुपर्छ ।”

विसं २०५३ मा नगरपालिका बनेको मेचीनगरले २० वर्ष बितिसक्दा पनि यस क्षेत्रका बासिन्दाको समस्या समाधान गर्न सकेको थिएन तर अहिले भने पहल भइरहेको नगरप्रमुख विमल आचार्यले बताउनुभयो ।

“खानेपानी विभागलगायतका सरोकारवाला निकायलाई यस विषयमा जानकारी गराएका छौँ”, प्रमुख आचार्यले भन्नुभयो, “चाँडै स्वच्छ पिउने पानीको व्यवस्था गर्नेछौँ । केही वर्षभित्रै स्थायी रुपमा समस्या समाधान हुन्छ । ”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाद्वारा केन्द्रीय निर्देशन समिति गठन
राप्रपाद्वारा केन्द्रीय निर्देशन समिति गठन
कार्यालयले सरुवापत्र दिन नमान्दा स्वास्थ्यकर्मीलाई समस्या
कार्यालयले सरुवापत्र दिन नमान्दा स्वास्थ्यकर्मीलाई समस्या
एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास
एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
सुनको मुल्यमा बृद्धि, कतिमा हुँदैछ कारोवार
सुनको मुल्यमा बृद्धि, कतिमा हुँदैछ कारोवार
कमेडी किरो राष्ट्रको हिरो’ लोगो तथा प्रोमो सार्वजनिक
कमेडी किरो राष्ट्रको हिरो’ लोगो तथा प्रोमो सार्वजनिक
एसएसवीको गोली काण्डमा नेपालसँग माफी माग्दै क्षतीपुर्ति समेत दिनुपर्छ:ओली
एसएसवीको गोली काण्डमा नेपालसँग माफी माग्दै क्षतीपुर्ति समेत दिनुपर्छ:ओली
तुलसी गिरीलाई २५ लाख !
तुलसी गिरीलाई २५ लाख !
१२ वर्षपछि सिक्लेसमा नोस्टाल्जिक बनेका प्रचण्डले भने – ‘केही तलमाथि भएको भए उहाँ मारिन सक्नुहुन्थ्यो’
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं

तपाईंले छुटाउनुभयो कि?