कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणको ठेक्का तोड्ने चेतावनी

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १४, २०८०
|
|
५४ पटक हेरिएको
Shares
कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणको ठेक्का तोड्ने चेतावनी

सारांश

  • काठमाडौं ।
  • नेपाल विद्युत् प्राधिकरणले कार्यप्रगति सनतोषजनक नभएको भन्दै एक ठेकेदार कम्पनीलाई ठेक्का रद्द गर्ने चेतावनी दिएको छ ।
  • प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभ¥याङमा निर्माणाधीन सवस्टेसन अनुगमन गर्दै सो चेतावनी दिएका छन् ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कार्यप्रगति सनतोषजनक नभएको भन्दै एक ठेकेदार कम्पनीलाई ठेक्का रद्द गर्ने चेतावनी दिएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभ¥याङमा निर्माणाधीन सवस्टेसन अनुगमन गर्दै सो चेतावनी दिएका छन् ।

निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सवस्टेसनको निर्माण प्रगतिका सम्बन्धमा उनले जानकारी लिएका थिए । गत फागुन अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका उनले २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि पनि कुनै प्रगति नदेखिएकाले ठेक्का रद्द गर्ने चेतावनी दिएका हुन् ।

त्यतिबेला ठेकेदार कम्पनीले आगामी असारभित्र सवस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता विपरीत निर्माणस्थलमा कुनै प्रगति नदेखिएकाले कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने बताए । उनले तुरुन्त काठमाडौं आएर संयुक्त बैठक गर्न र यदि त्यसो गर्न नसके ठेक्का रद्द गरेर जान आग्रह गरे ।

चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी रहेको काम गर्न बोलपत्रमार्फत सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५ मा सम्झौता गरेको थियो । यही प्याकेजमा सुनसरीको इनरुवामा पनि २२० केभीको सवस्टेसनको निर्माण पनि कोभिड–१९को महामारीलगायत कारणले असर परेकाले आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीमा चिसोले जनजीवन प्रभावित
महोत्तरीमा चिसोले जनजीवन प्रभावित
संघीयता भनेकै सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने हाे: मुख्यमन्त्री शेरधन राई
संघीयता भनेकै सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने हाे: मुख्यमन्त्री शेरधन राई
अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन
अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन
PM asks people to use public transport, save fuel costs
यौनसम्पर्क पछि लेनदेन विवादले तेस्रो लिंगी भुजेलको हत्या
यौनसम्पर्क पछि लेनदेन विवादले तेस्रो लिंगी भुजेलको हत्या
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, अन्त छिपफुट बर्षा हुने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, अन्त छिपफुट बर्षा हुने
निःशुल्क उपचार लिएकाहरुको विवरण महानगरमा पठाउनु : प्रमखु शाह
निःशुल्क उपचार लिएकाहरुको विवरण महानगरमा पठाउनु : प्रमखु शाह
महाभियोगमा सफाइ पाएपछि खुसीयाली मनाउँदै ट्रम्पले दिए रोषपूर्ण प्रतिक्रिया
महाभियोगमा सफाइ पाएपछि खुसीयाली मनाउँदै ट्रम्पले दिए रोषपूर्ण प्रतिक्रिया
अर्को साता बिस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्ने सम्भावनामा को को ???
अर्को साता बिस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्ने सम्भावनामा को को ???
काठमाडौँबासीले यो वर्ष पनि मेलम्चीको पानी खान नपाउने
काठमाडौँबासीले यो वर्ष पनि मेलम्चीको पानी खान नपाउने

तपाईंले छुटाउनुभयो कि?