राप्रपाद्वारा केन्द्रीय निर्देशन समिति गठन

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २५, २०७९
|
|
३४ पटक हेरिएको
Shares
राप्रपाद्वारा केन्द्रीय निर्देशन समिति गठन

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।
  • पार्टीको विधानबमोजिम र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सो समितिलाई पूर्णता दिएको हो ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।

पार्टीको विधानबमोजिम र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सो समितिलाई पूर्णता दिएको हो । पार्टीका सबै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरू रहेको समितिमा विधानबमोजिमका सबै पदेन सदस्यहरूलाई समावेश गरिएको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

पार्टीका वरिष्ठ नेता दीपक बोहरा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, केन्द्रीय नेताहरू रामकुमार सुब्बा, जयन्त चन्द र उद्धव पौडेल सदस्यमा छन् भने आमन्त्रित सदस्यमा कोषाध्यक्ष नीलकण्ठ काफ्ले र नेता ऋषिबाबु परियार छन् ।

पार्टीको नीति तथा कार्यक्रम प्रभावकारी बनाएर जनमुखी कार्य सञ्चालन गर्न केन्द्रीय नेतृत्वका साथै पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका नेतालाई समन्वय तथा आवश्यक सुझाव र निर्देशन समितिले दिनेछ ।

यसअघि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई विधान समितिको संयोजकको जिम्मेवारी दिएको थियो । पार्टीले आगामी फागुनको तेस्रो सातामा केन्द्रीय समितिको बैठक काठमाडौँमा बोलाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीको अर्को साहसी काम इन्काउन्टरमा मारिए भारतीय अपराधी
झुकेन नेकपा, भेनेजुएला प्रकरणमा अमेरिकाकाे विराेध गर्ने अडान कायमै
झुकेन नेकपा, भेनेजुएला प्रकरणमा अमेरिकाकाे विराेध गर्ने अडान कायमै
कास्की २ : घण्टीको सुरुआती अग्रता, विद्या पछाडि
कास्की २ : घण्टीको सुरुआती अग्रता, विद्या पछाडि
कैलाली ५ मा आरजुको पछिल्लो अवस्था !
कैलाली ५ मा आरजुको पछिल्लो अवस्था !
साइक्लिङमा नेपाललाई दुई स्वर्ण
साइक्लिङमा नेपाललाई दुई स्वर्ण
भारतमा नागरिकता सम्बन्धी ’विवादास्पद’ विधेयक तल्लो सदनबाट पारित
भारतमा नागरिकता सम्बन्धी ’विवादास्पद’ विधेयक तल्लो सदनबाट पारित
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
अमेरिकामा २ जहाज ठोक्किए, ३ जनाको मृत्यु
अमेरिकामा २ जहाज ठोक्किए, ३ जनाको मृत्यु
प्रधानमन्त्री दाहालकाे जवाफ : एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छाैं :
प्रधानमन्त्री दाहालकाे जवाफ : एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छाैं :
सार्कलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्नु पर्छ: ओली
सार्कलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्नु पर्छ: ओली

तपाईंले छुटाउनुभयो कि?