गठबन्धन दलका उम्मेदवारको आज मनोनयन दर्ता

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १२, २०७९
|
|
५० पटक हेरिएको
Shares
गठबन्धन दलका उम्मेदवारको आज मनोनयन दर्ता

सारांश

  • काठमाडौं।
  • ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धन दलका उम्मेदवारहरूको मनोनयन दर्ता आज हुँदैछ।
  • तालमेलमा समझदारी भएका स्थानीय तहहरूमा गठबन्धन दलहरूले संयुक्त उम्मेदवारहरूको मनोनयन दर्ता गराउने भएको हो।

काठमाडौं। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धन दलका उम्मेदवारहरूको मनोनयन दर्ता आज हुँदैछ। तालमेलमा समझदारी भएका स्थानीय तहहरूमा गठबन्धन दलहरूले संयुक्त उम्मेदवारहरूको मनोनयन दर्ता गराउने भएको हो।
गठबन्धन दलका नेताहरू मनोनयन दर्ताको पहिलो दिनसम्म पनि देशका धेरै ठाउँमा तालमेलबारे समझदारी कामय गर्नै व्यस्त रहे । तर, पनि ललितपुर महानगरपालिका र पोखरा महानगरपालिकामा समझदारी जुटाउन सकेनन्।
आज भने मनोनयन दर्ताको अन्तिम दिन भएकाले तालमेलको समझदारी भएको ठाउँमा संयुक्त र नभएको ठाउँमा दलहरूले एक्लै पार्टीका उम्मेदवार खडा गरेर मनोनयन दर्ता गराउने भएका छन्।
संघीय राजधानी रहेको काठमाडौं कांग्रेसका सभापति कृष्ण सबुज बानियाँले गठबन्धन दलहरूको आजै काठमाडौंमा मनोनयन दर्ता गराउने तयारी भइरहेको जानकारी दिए ।
कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनविरुद्ध नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन खडा छ । उक्त गठबन्धनले पनि आजै मनोनयन दर्ता गराउने भएको छ ।
मनोनयन दर्ताको समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहेको छ ।
यसअघि मनोनयन दर्ताको पहिलो दिन आइतबार (हिजो) साना दल र स्वतन्त्रतर्फबाट मनोनायन दर्ता भएका थिए ।[image: to-bahadur-and-other-leaders-at-election-commision-2021-8.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च अदालतहरूमा स्वचालित पेसी तारेख सुरु
उच्च अदालतहरूमा स्वचालित पेसी तारेख सुरु
आठ महिनामा साढे एक खर्बभन्दा बढीको इन्धन नेपाल भित्रियो
आठ महिनामा साढे एक खर्बभन्दा बढीको इन्धन नेपाल भित्रियो
प्रदेश नं ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे सिफारिस
प्रदेश नं ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे सिफारिस
अविरल वर्षापछि ७ राजमार्ग पूर्ण अवरुद्ध, ५१ सडकखण्ड पुनः सञ्चालन
अविरल वर्षापछि ७ राजमार्ग पूर्ण अवरुद्ध, ५१ सडकखण्ड पुनः सञ्चालन
फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी
फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी
नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता
नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता
बुथ कब्जा गरेको आरोपप्रत्यारोपका कारण स्याङ्जामा मतगणना हुन सकेन
बुथ कब्जा गरेको आरोपप्रत्यारोपका कारण स्याङ्जामा मतगणना हुन सकेन
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि
महाकाली करिडोरको कञ्चनपुर खण्डमा ट्रयाक खोल्न सुरु
महाकाली करिडोरको कञ्चनपुर खण्डमा ट्रयाक खोल्न सुरु
मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने
मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने

तपाईंले छुटाउनुभयो कि?